एमालेका अध्यक्ष ओलीको स्वास्थ्यमा समस्या



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि गोदावरीमा जारी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको अध्यक्षतामा चलिरहेको छ । स्वास्थ्यमा समस्या देखिएको भन्दै शनिबार दिउँसो ओली बैठकबाट बाहिरिएका थिए । राजनीतिक प्रतिवेदन पढिसकेपछि ओलीले बैठकको अध्यक्षता वरिष्ठ उपाध्यक्ष पोखरेलले गर्ने जानकारी दिएका थिए । आफ्नो स्वास्थ्यमा समस्या देखिएको भन्दै बैठकबाट बाहिरिएका ओली आज गोदावरी नै गएनन् । केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार, अध्यक्ष ओलीले निवासमै आराम गरिरहेका छन् । ‘सामान्य रुघाखोकी हो । घरमै आराम गरिरहनुभएको छ’, रिजालले भने । अध्यक्ष ओलीले गोदावरीमा जारी बैठकको समापन वरिष्ठ उपाध्यक्ष पोखरेलबाटै हुने सूचना पठाएका छन् । तर, भोलिको हिरक उत्सवमा भने अध्यक्ष ओली गोदावरी जानेछन् । एमालेले गोदावरीको सनराइज हलमै भोलि अरु पार्टीका प्रमुखहरुलाई समेत बक्ता बनाएर कम्युनिष्ट पार्टी स्थापनाको ७५औं वर्ष उत्सव मनाउँदैछ ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...