गुल्मी, अर्घाखाँची र नवलपरासीमा डढेलोले ७० बढी घरगोठ जले



 

 

वनमा लागेको डढेलो गाउँमा सल्किँदा गुल्मी, अर्घाखाँची र नवलपरासीमा आगलागीले आतंक मच्चाएको छ । आगलागीबाट ७० भन्दा धेरै घरगोठ जलेर नष्ट भएका छन् भने अहिले पनि डढेलो पूर्णरुपमा नियन्त्रणमा आइसकेको छैन् ।गुल्मीको इश्मा गाउँपालिकामा आगलागीबाट ४० वटा घरगोठ थलेका छन् । वडा नं. २ र ४ मा आगलागीले ठूलो क्षति गरेको छ । आगलागीले करिब ४० घरमा क्षति पुर्‍याएको र आगो निभाउनेक्रममा दुई जना घाइते भएपछि उनीहरुको उपचार भइरहेको डिएसपी शंकर पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार बस्तीमा डढेलो पसेपछि गाउँ नै सखाप पारेको हो । डढेलो भने आइतबार बिहानसम्म पनि पूर्णरुपमा नियन्त्रणमा आइसकेको छैन् ।

त्यस्तै, अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–३ र ४ धारापानीमा पनि आगलागीले ठूलो क्षति गरेको छ । रातामाटा, जाबुनडाँडा, बाजाखर्च लगायतका गाउँमा गरी करिब २० घरगोठ जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रातिसम्म आगलागी भएका कारण क्षतिको पूर्ण विवरण आइसकेको छैन् । उता नवलपरासीका विभिन्न १२ स्थानमा आगलागीले क्षति गरेको छ । हिजो रामग्राम नगरपालिका, पाल्हिनन्दन गाउँपालिका, सरावल गाउँपालिकामा आगोले क्षति गरेको हो । पाल्हिनन्दनमा शुक्रबार मात्रै १४ परिवारको घरगोठ जलेको थियो । त्यही ठाउँमा शनिबार पनि आगलागी भएको छ ।

प्रतिक्रिया दिनुहोस
चन्द्रागिरिको वनमा आगलागी

  काठमाडौंको चन्द्रागिरि नगरपालिकामा पर्ने केउरानी सामुदायिक वनमा आगलागी भएको छ ।आगलागी भएको

माओवादी कसैको बैशाखीबिना एक्लै लड्नसक्छौं : प्रचण्ड

     नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्यानीय तहको उपनिर्वाचन र

आठ महिनामा ९ खर्ब ८७ अर्ब वैदेशिक व्यापार घाटा

    नेपालबाट हुने वस्तु तथा सेवाहरूको निर्यात बढेको छ । चालु आर्थिक

चुच्चे नक्सा बुच्चे कुन व्यवस्था हुँदा भएको हो : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भू-भाग भएको