प्रदेशमा रहेका पर्यटकीय क्षेत्रमा इन्द्रेणी पर्यटन आकर्षित गर्न सकिन्छ : मन्त्री चौधरी



 

 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि नेपालले अपनाएको समावेशी चरित्र विश्वमाझ पुर्‍याएर इन्द्रेणी पर्यटन भित्र्याउन लाग्नु पर्ने बताउनुभएको छ । नेपालमा पहिलो पटक आयोजना भएको इन्द्रेणी (रेन्बो) पर्यटन अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो । पहिलो अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेकोमा आयोजक एवं सहयोगीलाई धन्यवाद दिँदै मन्त्री चौधरीले इन्द्रेणी पर्यटन क्षेत्रबाट थाइल्यान्डको कुल गार्हस्थ्य उत्पादनमा २० प्रतिशत योगदान दिएको उल्लेख गर्नुभयो । लैङ्गिक समानता नीति २०७७ मै लागू भएको बताउँदै मन्त्री चौधरीले भन्नुभयो, लैङ्गिक समानता नीति २०७७ मा लागू भएको छ, पहिलो समलिङ्गी विवाह दर्ता भएको छ । विगतमा पनि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि लुम्बिनी र कोशी प्रदेशमा अभिमुखीकरण र सचेतनाका कार्यक्रम सञ्चालन भएका थिए, अब सातै प्रदेशमा सञ्चालन गर्ने तयारी गरेका छौँ ।’ मन्त्रालयले नीति परिमार्जन गर्नका निम्ति छुट्टै निकाय तोकेको उहाँले बताउनुभयो । ‘पिंक टुरिजमका लागि हाम्रा होटलहरु, हेरिटेजहरुमा भएका व्यक्तिहरूले सर्भिस डेलिभरी, हस्पिटालिटी लैङ्गिक मैत्री छ, त्यो सुरु भैसकेको छ, उहाँले भन्नुभयो, ‘प्रदेश र स्थानीय तहमा रहेका पर्यटकीय क्षेत्रमा पनि इन्द्रेणी पर्यटन आकर्षित गर्न सकिन्छ । त्यस अवसरमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि नेपाल सुरक्षित र सम्मानित रहेको दाबी अन्तर्राष्ट्रिय समुदाय समक्ष प्रस्तुत गरिएको थियो । मन्त्री चौधरीले नेपालमा सबै खाले हिंसा अन्त्य हुने र सम्मानित हुने पर्याप्त कानुन रहेको दाबी समेत गर्नुभयो । नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा मायाको पहिचान नेपालले अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको हो । नेपाललाई इन्द्रेणी पर्यटनको गन्तव्य बनाउने उद्देश्यका साथ आयोजना भएको सम्मेलनमा मन्त्री चौधरीले लैङ्गिक समानताका लागि कानुन पर्याप्त रहेको भन्दै पूर्ण रूपमा कार्यान्वयनको क्रममा रहेको जानकारी दिनुभयो । नेपालमा पहिलो पटक १३ मङ्सिर २०८० मा लमजुङको दोर्दी गाउँपालिका कार्यालयले माया गुरुङ्ग र सुरेन्द्र पाण्डेलाई विवाह दर्ताको प्रमाण पत्र दिएको थियो । माया र सुरेन्द्रको पहिलो विवाह दर्ता भएसँगै सुप्रिता गुरुङ्ग र दिप्ती श्रेष्ठलाई बर्दियाको बढैयाताल गाउँपालिकाले लेस्बियन विवाह दर्ताको प्रमाण पत्र दिएको छ । एसियाकै पहिलो समलिङ्गी सभासद् एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक पर्यटकलाई स्वागत गर्न नेपाल तयार भएर बसेको बताउनुभयो । उहाँले अरू देशमा जस्तो नेपालमा आउँदा डराउनु पर्ने अवस्था नरहेको बताउनुभयो । ‘संवैधानिक अधिकार दिएको छ । अरू देशमा जाँदा डराई डराई जानु पर्छ, ’पन्तले भन्नुभयो,‘यहाँ ९नेपाल० सुरक्षा छ । समलिङ्गी विवाह हनिमुन डेस्टिनेसनको रूपमा लैजाने सोचिरहेका छौनेपालका लागि युरोपियन युनियनकी राजदूत भेरोनिक लोरेन्जोले विश्वका १४५ देशमा गरिएको अध्ययनमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका लागि नेपालको अवस्था राम्रो रहेको बताउनुभयो । ‘१४५ देशहरूमा नेपालको अवस्थामा राम्रो र उत्साहप्रद देखिएको छ । अनुकरणीय छ । प्रगति राम्रो भएको छ,’उहाँले भन्नुभयो, ‘समलिङ्गी विवाहलाई कानुनी मान्यता दिने नेपाल एसियामा दोस्रो देश बनेको छ । इन्द्रेणी पर्यटनको विश्व बजार गो म्यागेजिनकी सम्पादक डियान एन्डरसनले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक पर्यटनको ग्लोबल अवलोकन र अर्थतन्त्र ,जिडिपीमा यसको योगदान प्रस्तुत गर्दै इन्द्रेणी (रेन्बो) पर्यटनको बजार विश्वमा २ खर्ब ११ अर्ब डलरको रहेको बताउनुभयो अमेरिका, चीन र जापानमा रहेको इन्द्रेणी पर्यटनको खरिद शक्ति नेपालसँग पनि रहेको उहाँले बताउनुभयो । उहाँले तीन वटा देशमा कोभिडको समयमा ४ ट्रिलियन डलर रहेको इन्द्रेणी पर्यटनको बजार अहिले ४.७ ट्रिलियन डलर पुगेको अध्ययन सुनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस
सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय

    सरकारले सय रुपैयाँको नोटमा नेपालको नक्साको तस्बिर परिवर्तन गर्ने भएको छ

परीक्षा दिएर फर्किरहेकी छात्रामाथि दमकमा गोली प्रहार

     झापाको दमकमा कक्षा १२ को परीक्षा दिएर फर्किँदै गरेकी छात्रामाथि गोली

ज्येष्ठ पत्रकारहरूका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरिनेछ : प्रधानमन्त्री

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ पत्रकार तथा अपाङ्गता भएका पत्रकारहरूका लागि

परिणाम देख्नेगरी काम गरेको छु : प्रधानमन्त्री

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले देशको नेतृत्व सम्हालेपछि कयौं मानक