विशेष पत्रकार सम्मेलन गर्दै एमाले



 

नेकपा एमालेले विशेष पत्रकार सम्मेलन गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्न लागेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक भोलिबाट सुरु हुँदैछ । गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा बस्ने बैठकबारे जानकारी दिनको लागि आज एमालेले पत्रकार सम्मेलन गर्न लागेको गौतमले बताए । बैठकमा महाधिवेशनमा सहभागी दुई हजार एक सय ५३ जना प्रतिनिधि सहभागी हुनेछन्। नेपाल कम्युनिष्ट पार्टीको ७५ औँ स्थापना दिवसको अवसरमा एमालेले आयोजना गर्न लागेको विशेष समारोहमा विभिन्न दलका शीर्ष नेतालाई अतिथिका रूपमा निम्त्याइएको छ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्