एमालेको प्रतिनिधि परिषद् बैठकमा देउवालाई निम्तो



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेले भोलिबाट शुरु हुने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा अतिथिका रूपमा सहभागी भइदिन कांग्रेस सभापति शेरबहादुर देउवालाई निम्ता दिएको छ । एमाले केन्द्रीय सचिव योगेश भट्टराईले बुढानीलकण्ठस्थित निवासमै गएर पार्टीको तर्फबाट निम्ता दिएका हुन् । एमाले काठमाडौं जिल्ला सचिव दीपक निरौला र बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीसहित देउवा निवास पुगेका भट्टराईले निमन्त्रण पत्र हस्तान्तरण गर्दै अध्यक्ष केपी शर्मा ओलीको सन्देश सुनाएका थिए । एमालेको प्रतिनिधि परिषद् बैठक गोदावरीस्थित सनराइज हलमा भोलिबाट शुरु हुँदैछ । नेपाल कम्युनिस्ट पार्टीको ७५ औं स्थापना दिवसको अवसरमा एमालेले आयोजना गर्न लागेको विशेष समारोहमा विभिन्न दलका शीर्ष नेतालाई अतिथिका रूपमा निम्त्याइएको छ ।एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा निर्वाचित महाधिवेशन प्रतिनिधिहरू भेलामा सहभागी हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...