एमालेको प्रतिनिधि परिषद् बैठकमा देउवालाई निम्तो



 

 

नेकपा एमालेले भोलिबाट शुरु हुने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा अतिथिका रूपमा सहभागी भइदिन कांग्रेस सभापति शेरबहादुर देउवालाई निम्ता दिएको छ । एमाले केन्द्रीय सचिव योगेश भट्टराईले बुढानीलकण्ठस्थित निवासमै गएर पार्टीको तर्फबाट निम्ता दिएका हुन् । एमाले काठमाडौं जिल्ला सचिव दीपक निरौला र बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीसहित देउवा निवास पुगेका भट्टराईले निमन्त्रण पत्र हस्तान्तरण गर्दै अध्यक्ष केपी शर्मा ओलीको सन्देश सुनाएका थिए । एमालेको प्रतिनिधि परिषद् बैठक गोदावरीस्थित सनराइज हलमा भोलिबाट शुरु हुँदैछ । नेपाल कम्युनिस्ट पार्टीको ७५ औं स्थापना दिवसको अवसरमा एमालेले आयोजना गर्न लागेको विशेष समारोहमा विभिन्न दलका शीर्ष नेतालाई अतिथिका रूपमा निम्त्याइएको छ ।एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा निर्वाचित महाधिवेशन प्रतिनिधिहरू भेलामा सहभागी हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्