सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, ३ जनाको मृत्यु



 

 

सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका-५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । आज बिहान दोलखाको भीमेश्वर नगरपालिपका-१ सुस्पाबाट सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका-४ स्थित पिस्कर जान लागेको बा ४ ख ५६१६ नम्बरको जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा दोलखाको भीमेश्वर नगरपालिपका-१ सुस्पाका मान बहादुर थामी ,शिव श्रेष्ठ र दिपेन्द्र थामी रहेका छन् । दुर्घटनामा ३२ जना घाइते भएको र घाइते मध्ये ७ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारको लागि सिन्धु सदाबहार अस्पताल पठाइएको प्रहरीले जनाएको छ । भिमेश्वर- १ बाट स्थानीय शुसिल थामीको विवाहको लागि दोलखाबाट बिहान साढे ३ बजे जन्ती बोकेर बस हिँडेको घाइते एन्जिला थामीले बताइन्। सडक नै भासिएर दुर्घटना भएको उनले बताइन् । उनका अनुसार बस चालकले मादक पदार्थ सेवन गरेका थिएनन् । बस त्रिपुरासुन्दरी– ५ धारावतीबाट १०० मिटर तल खसेको थियो ।

  

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्