देउवा-माधवको गठबन्धनमा १३८ सीट पुर्‍यउने सहमती



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच वैकल्पिक गठबन्धनको प्रयास जारी राख्ने सहमति बनेको छ । उत्त नयाँ गठबन्धनमा १३८ सीट पुर्‍यउने सहमती भएको छ । देउवाको रणनीतिअनुसार कांग्रेसको ८८, राप्रपाको १४, जसपाको १२, नेकपा एसको १०, जनमत पार्टीको ६, लोसपाको ४ र नागरिक उन्मुक्तिको ४ सीट जोड्दा १३८ सीट हुन्छ । यो भनेको नयाँ सरकार गठनका लागि पुग्ने संख्या हो । यसबाहेक चित्रबहादुर केसी र स्वतन्त्र सांसदहरू समेत आफ्नो पक्षमा ल्याउन सकिने आँकलन कांग्रेसको छ । नेकपा एस आफूले प्रधानमन्त्री पाए नयाँ जुनसुकै गठबन्धनमा पनि सामेल हुने रणनीतिका साथ अघि बढेको छ । गठबन्धनमा असन्तुष्ट माधव नेपाललाई हातमा लिन सके जसपाको पनि समर्थन पाउने देउवाको विश्वास छ । यद्यपि, गठबन्धनको विषयमा नागरिक उन्मुक्ति पार्टीमा विवाद छ । नाउपा अध्यक्ष नयाँ गठबन्धनको पक्षमा रहे पनि संरक्षक रेशम चौधरी कांग्रेस नेतृत्वको गठबन्धनको पक्षमा छन् । स्रोतका अनुसार दुई नेताबीच वैकल्पिक गठबन्धन बनाउन जसपालाई फकाउँदै नागरिक उन्मुक्तिलाई सँगै लिएर बढ्नेबारे गृहकार्य सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस
एमालेकै कित्तामा उभिँदै कांग्रेस

    प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दामा एमाले र कांग्रेस एकैठाउँमा उभिएका छन् ।...

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...