दीर्घबहादुर सोडारीलाई एमालेले गर्‍यो अस्वीकार



हाम्रो इकोनोमि

 

 

मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सत्ता समीकरणमा सहमति भएपनि एमालेले दीर्घबहादुर सोडारीलाई अस्वीकार गरेपछि सुदूरपश्चिमको राजनीति फेरि तरंगित बनेको छ । एकीकृत समाजवादी पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई मुख्यमन्त्री बनाउन अगाडी सरिसकेको छ तर एमालेले भने उहाँ विवादित व्यक्ति भएको भन्दै उहाँको विकल्प खोज्न भनेपछि राजनीति फेरि तरंगित बनेको हो । एमालेले सोडारीविरुद्ध सम्पत्ति सुद्धीकरणमा मुद्दा विचाराधीन रहेको र मन्त्री भएका बेला पनि विवादित बनेको भन्दै उहाँको विकल्प खोज्न अडान लिएको बताइएको छ । एमालेको अडानपछि एकीकृत समाजवादीका नेताहरु केन्द्रमा छलफलमा रहेको बुझिएको छ । एमालेले सोडारी बाहेक जो भएपनि आफूहरुलाई समस्या नहुने प्रस्ताव एकीकृत समाजवादीलाई दिएको छ । एमालेको नयाँ अडानपछि आज मुख्यमन्त्रीमा दावी गर्ने तयारी गर्नुभएका सोडारी छलफलमा हुनुहुन्छ । एकीकृत समाजवादी सुदूपश्चिमले संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा अगाडि सार्ने निर्णय यस अघि नै गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...