जेठ १० देखि १२ गतेसम्म एमाले चितवनको जिल्ला अधिवेशन



 

 

नेकपा एमाले चितवनको जिल्ला अधिवेशन आउँदो जेठ १० देखि १२ गतेसम्म हुने भएको छ । एमाले चितवनको चैत २९ गते बसेको जिल्ला कमिटी बैठकले पार्टीको ११ औँ जिल्ला अधिवेशन जेठको १०, ११ र १२ गते गर्ने निर्णय गरेको हो । एमाले जिल्ला कमिटी अध्यक्ष रामप्रसाद न्यौपानेका अनुसार अधिवेशनले आगामी ३ वर्षको कार्यकालको लागि १ सय ४३ जना जिल्ला कमिटी चयन गर्नेछ । अघिल्लो वर्ष घटेको पार्टी सदस्य टोलटोलमा एमाले अभियानमार्फत एमालेले बढाएको छ । करिब १२ हजार संगठित सदस्यहरुबाट प्रतिनिधि चयन गरि ७ सय ५० जना हाराहारीमा प्रतिनिधिहरु जिल्ला अधिवेशनमा सहभागी हुने अध्यक्ष न्यौपानेले जानकारी दिए । उनका अनुसार जिल्ला अधिवेशन सम्पन्न गर्न ४ सय ९९ सदस्यीय मूल व्यवस्थापन कमिटी साथै विषयगत समितिहरु पनि बनाइ सकिएको छ । उनका अनुसार मूल व्यवस्थापन कमिटीमा जिल्ला कमिटीका सबै, पालिका कमिटीका सबै तथा जनतहसहित ४ सय ९९ जना रहेका छन् मूल व्यवस्थापन कमिटीको संयोजक जिल्ला पार्टी अध्यक्ष न्यौपाने छन् । अध्यक्षकै संयोजकत्वमा पार्टीको राजनीतिक तथा सांगठनिक प्रतिवेदन लेखन समिति पनि बनाइएको छ , त्यसैगरि उपाध्यक्षको संयोजकत्वमा आर्थिक प्रतिवेदनको समिति, सचिवको संयोजकत्वमा खाद्य तथा आवास व्यवस्थापन, उपसचिवको नेतृत्वमा प्रचारप्रचार लगायतका अधिवेशन सम्पन्न गर्ने विभागीय समितिहरु बनाएर अधिवेशनको तयारी थालिएको छ । ११ औँ जिल्ला अधिवेशनको मिति तोकिएसँगै जिल्लामा पार्टीको नेतृत्वको सरगर्मी पनि सुरु भएको छ । आफूले पूरा ३ वर्ष नेतृत्व गर्न नपाउँदै अधिवेशनको मिति तोकिएकोले एक कार्यकाल दोहोर्याउने पक्षमा वर्तमान अध्यक्ष रामप्रसाद न्यौपाने छन्  भने उपाध्यक्ष कमल पाठक पनि ११ औँ अधिवेशनमा अध्यक्षमा दाबेदारी प्रस्तुत गरिरहेका छन् । यसअघि आफूले इच्छा गरेपनि मिलेर जाने सर्तमा आफूले नेतृत्वमा दाबेदारी छोडेको उपाध्यक्ष पाठकको तर्क छ भने अध्यक्ष न्यौपाने आफूलाई कार्यकर्ता तथा नेताहरुले आगामी कार्यकाल दोहोर्याउन अनुरोध गरिरहेको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस
बाल पोषण भत्ता र दिवा खाजा कार्यक्रम विस्तार गर्न सरकार प्रतिबद्ध छ : मन्त्री चौधरी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बाल पोषण भत्ता र दिवा

प्रदेशको नामकरण पहिचानको विषय होइन : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको नामकरणविरुद्ध भइरहेको आन्दोलनको

कसैको हक खोसिएको भए मेरो ल फर्ममा आउनुस् : सुहाङ

    नेकपा एमालेका युवा नेता तथा इलाम २ का नवनिर्वाचित सांसद सुहाङ

एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम