जेठ १० देखि १२ गतेसम्म एमाले चितवनको जिल्ला अधिवेशन



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले चितवनको जिल्ला अधिवेशन आउँदो जेठ १० देखि १२ गतेसम्म हुने भएको छ । एमाले चितवनको चैत २९ गते बसेको जिल्ला कमिटी बैठकले पार्टीको ११ औँ जिल्ला अधिवेशन जेठको १०, ११ र १२ गते गर्ने निर्णय गरेको हो । एमाले जिल्ला कमिटी अध्यक्ष रामप्रसाद न्यौपानेका अनुसार अधिवेशनले आगामी ३ वर्षको कार्यकालको लागि १ सय ४३ जना जिल्ला कमिटी चयन गर्नेछ । अघिल्लो वर्ष घटेको पार्टी सदस्य टोलटोलमा एमाले अभियानमार्फत एमालेले बढाएको छ । करिब १२ हजार संगठित सदस्यहरुबाट प्रतिनिधि चयन गरि ७ सय ५० जना हाराहारीमा प्रतिनिधिहरु जिल्ला अधिवेशनमा सहभागी हुने अध्यक्ष न्यौपानेले जानकारी दिए । उनका अनुसार जिल्ला अधिवेशन सम्पन्न गर्न ४ सय ९९ सदस्यीय मूल व्यवस्थापन कमिटी साथै विषयगत समितिहरु पनि बनाइ सकिएको छ । उनका अनुसार मूल व्यवस्थापन कमिटीमा जिल्ला कमिटीका सबै, पालिका कमिटीका सबै तथा जनतहसहित ४ सय ९९ जना रहेका छन् मूल व्यवस्थापन कमिटीको संयोजक जिल्ला पार्टी अध्यक्ष न्यौपाने छन् । अध्यक्षकै संयोजकत्वमा पार्टीको राजनीतिक तथा सांगठनिक प्रतिवेदन लेखन समिति पनि बनाइएको छ , त्यसैगरि उपाध्यक्षको संयोजकत्वमा आर्थिक प्रतिवेदनको समिति, सचिवको संयोजकत्वमा खाद्य तथा आवास व्यवस्थापन, उपसचिवको नेतृत्वमा प्रचारप्रचार लगायतका अधिवेशन सम्पन्न गर्ने विभागीय समितिहरु बनाएर अधिवेशनको तयारी थालिएको छ । ११ औँ जिल्ला अधिवेशनको मिति तोकिएसँगै जिल्लामा पार्टीको नेतृत्वको सरगर्मी पनि सुरु भएको छ । आफूले पूरा ३ वर्ष नेतृत्व गर्न नपाउँदै अधिवेशनको मिति तोकिएकोले एक कार्यकाल दोहोर्याउने पक्षमा वर्तमान अध्यक्ष रामप्रसाद न्यौपाने छन्  भने उपाध्यक्ष कमल पाठक पनि ११ औँ अधिवेशनमा अध्यक्षमा दाबेदारी प्रस्तुत गरिरहेका छन् । यसअघि आफूले इच्छा गरेपनि मिलेर जाने सर्तमा आफूले नेतृत्वमा दाबेदारी छोडेको उपाध्यक्ष पाठकको तर्क छ भने अध्यक्ष न्यौपाने आफूलाई कार्यकर्ता तथा नेताहरुले आगामी कार्यकाल दोहोर्याउन अनुरोध गरिरहेको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...