दुईचार सीट ल्याएर सत्ताको च्याँखे थाप्नेको पसल बन्द गरौँ : गोकुल बास्कोटा



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका नेता गोकुल बास्कोटाले चुनावअघि गठबन्धन गरेर दुईचार सीट ल्याएर सत्ताको च्याँखे थाप्नेको पसल बन्द गर्नुपर्ने बताएका छन् । सत्ता समीकरणमा साना दलहरूले बार्गेनिङ बढाएपछि फेरि मुलुक राजनीतिक कचिङ्गलमा फस्नु दुखद् हुने उनको भनाइ छ । उनले भनेका छन्, ‘फेरि राजनीतिक कचिङ्गलमा मुलुक फस्ने देखिनु दुखद हो । सधैँको अस्थिरता किन र केका लागि ? समावेशी क्षेत्रलाई पनि प्रतिस्पर्धी बनाएर समेत एउटै दलले बहुमत हासिल गर्न सक्ने चुनावी प्रणालीमा देशलाई लानै पर्छ । चुनाव पूर्व गठबन्धन गर्ने, दुईचार सीट ल्याउने, सत्ताको च्याँखे थाप्नेको पसल बन्द गरौँ । समावेशी क्षेत्रलाई पनि प्रतिस्पर्धी बनाएर समेत एउटै दलले बहुमत ल्याउन सक्ने चुनावी प्रणालीमा देशलाई लानुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...