प्रधानमन्त्री दाहाल र खनालबीच छलफल



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्व प्रधानमन्त्री तथा नेकपा(एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ । आज बिहान प्रधानमन्त्री दाहाललाई भेट्न खनाल बालुवाटार पुगेका थिए ।उनीहरुबीच आज करिब १ घन्टा भेटघाट भएको हो । भेटमा अहिलेको पछिल्लो राजनीतिको घटनाक्रम र समसामयिक विषयवस्तु, वर्तमान समीकरण,सुदूरपश्चिम प्रदेशको समस्याबारे छलफल भएको खनाल निकट स्रोतले जानकारी दिएको छ , सुदूरपश्चिम प्रदेशमा नेकपा एसले प्रदेशमा नयाँ सरकार गठन गर्न विद्रोह गरेको थियो । नयाँ सरकार गठन गर्न नेकपा एस कांग्रेस समर्थित नयाँ समीकरणमा सहभागी भएपछि सत्ता गठबन्धनमा तरंग पैदा भएसँगै प्रधानमन्त्री दाहाल र खनालबीच छलफल भएको हो ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...