एमाले अध्यक्ष ओली इलाम जाँदै



 

 

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्ती केपी शर्मा ओली आज मंगलबार इलाम जाँदै हुनुहुन्छ । मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उहाँले आफू इलाम जान लागेको जानकारी दिनुभएको हो । अध्यक्ष ओलीले आजको बसाइ इलाममा हुने उल्लेख गर्नुभएको छ । उहाँले त्यहाँको बसाइमा इलाम-२ का एमाले उम्मेदवार सुहाङ नेम्वाङसँगै हुने पनि जानकारी दिनुभएको छ । ‘आज म इलाम जाँदै छु । आजको बसाइ त्यतै हुने छ । इलाम-२ का उम्मेदवार सुहाङ नेम्वाङ सँगै हुने छु ।’ अध्यक्ष ओलीले फेसबुकमा लेख्नुभएको छ । इलाम-२ मा यही वैशाख १५ गते उपनिर्वाचन हुँदैछ । यहाँ एमालेबाट सुहाङ नेम्वाङ उम्मेदवार हुनुहुन्छ । सुहाङ चुनावी अभियानअन्तर्गत घरदैलो अभियानमा हुनुहुन्छ ।इलाम-२ मा सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) लगायतका कम्युनिष्ट घटकहरुले एमालेका सुहाङलाई समर्थन गरेको छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्