एमाले अध्यक्ष ओली इलाम जाँदै



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्ती केपी शर्मा ओली आज मंगलबार इलाम जाँदै हुनुहुन्छ । मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उहाँले आफू इलाम जान लागेको जानकारी दिनुभएको हो । अध्यक्ष ओलीले आजको बसाइ इलाममा हुने उल्लेख गर्नुभएको छ । उहाँले त्यहाँको बसाइमा इलाम-२ का एमाले उम्मेदवार सुहाङ नेम्वाङसँगै हुने पनि जानकारी दिनुभएको छ । ‘आज म इलाम जाँदै छु । आजको बसाइ त्यतै हुने छ । इलाम-२ का उम्मेदवार सुहाङ नेम्वाङ सँगै हुने छु ।’ अध्यक्ष ओलीले फेसबुकमा लेख्नुभएको छ । इलाम-२ मा यही वैशाख १५ गते उपनिर्वाचन हुँदैछ । यहाँ एमालेबाट सुहाङ नेम्वाङ उम्मेदवार हुनुहुन्छ । सुहाङ चुनावी अभियानअन्तर्गत घरदैलो अभियानमा हुनुहुन्छ ।इलाम-२ मा सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) लगायतका कम्युनिष्ट घटकहरुले एमालेका सुहाङलाई समर्थन गरेको छ ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...