पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढ्यो



हाम्रो इकोनोमि

 

 

नेपाल आयल निगमले आज (मंगललबार) बिहानदेखि कायम हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँले मूल्य वृद्धि गरेको छ । नेपाल आयल निगम लिमिटेडका अनुसार इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरीद मूल्य अनुसार पेट्रोलको प्रतिलिटर दुई रुपैयाँ ९६ पैसा र डिजेलको प्रतिलिटर तीन रुपैयाँ ४६ पैसा मूल्य बढाएको जानकारी सोमबार दिएको छ । नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १ सय ७८, डिजेल र मट्टितेल प्रतिलिटर रुपैयाँ १ सय ६१ रुपैयाँ पुगेको छ । निगमले पहिलो वर्गअन्तर्गत विराटनगर, चारआली, अमलेखगञ्ज,जनकपुर, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जका लागि पेट्रोलको मूल्य १ सय ७५ रुपैयाँ ५० पैसा कायम गरेको जनाएको छ । यस्तै दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङका लागि १ सय ७७ रुपैयाँ मूल्य तोक्दा तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलका लागि पेट्रोलको मूल्य १ सय ६१ रुपैयाँ कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
समाजवादी मोर्चाबाट विप्लव अलग

    नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समाजवादी मोर्चाबाट अलग...

हयात होटलद्वारा सबै कर्मचारी बर्खास्त

  हयात रिजेन्सी होटलले जेन्जी आन्दोलनमा तोडफोडपछि बन्द रहेको होटल मर्मतका नाममा होटलमा...

असारसम्मलाई जग्गाको कित्ताकाट खुल्यो

  सरकारले  नियमावली २०७९ मा तेस्रो पटक संशोधन गर्दै जग्गाको कित्ताकाट खुलाएको छ। ...

मधेशको मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दायर

    मधेश प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध नेकपा (एमाले) बाहेकका ७४ जना सांसदले...