नेकपा एसले दक्षिणपन्थी अवसरवादी चरित्र देखायो : ओली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले सुदुरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको गठबन्धनलाई समर्थन गरेको भन्दै आक्रोश पोखेका छन् । एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै नेकपा एसले दक्षिणपन्थी अवसरवादलाई नांगो ढंगले प्रस्तुत गरेको आरोप लगाए । उनले भने, नयाँ समीकरणमा नेकपा एस भन्ने पार्टी छ एउटा, त्यस पार्टीले हामीसँग हुँदा पहिलो कार्यकाल नागरिक उन्मुक्तिलाई दिन सक्ने, हामीभन्दा पृथक हुने हो भने अर्को गुटबाट जाने कांग्रेसलाई जिताउने हिसाबले जाने हो भने यो समीकरणलाई असफल बनाउने हो भने नागरिक उन्मुक्तिलाई पहिलो कार्यकाल दिन पनि सक्ने, अथवा निशुल्क सेवा पनि नाउपाको गर्नसक्ने भनेर मुख्यमन्त्रीको दाबी गर्ने कुरा थियो । नेकपा एसमा अराजनीतिक निर्णय गर्यो । जुन सही दिनमा राजनीति फर्किँदै थियो । उनले जनतामा आशा पलाइरहेको बेलामा अहिले आन्तरिक रुपमा विपक्षीहरुको आशा पलाउनेगरी नेकपा एसले कदम चालेको बताए । उनले थपे, आन्तरिक रुपमा त्यसका बार्गेनिङ छदैँ थियो । यो समीकरणबाट नाउपालाई समर्थन नगर्ने कांग्रेस केन्द्रित समीकरणबाट गर्ने, दक्षिणपन्थी अवसरवादको चरित्र नांगो ढंगबाट देखियो । यस्तो नहुनुपर्ने थियो । कम्युनिष्ट साइनबोर्ड राखेर काम चाहिँ समाजवाद पक्षधरहरुको विपक्षमा गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस
केपी ओली र प्रचण्डबीच गोप्य भेटवार्ता

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल...

चीन जाने तयारीमा रवि लामिछाने

    रास्वपा सभापति रवि लामिछाने चीन जाने तयारीमा छन् । उच्च सरकारी...

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा भारी वर्षा हुने

    देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा...

शिक्षा र स्वास्थ्यको कर हटाउने सरकारको निर्णय

    सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट...