कांग्रेसले सदनमा कुण्ठा पोख्यो : ओली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस संसदीय मर्यादामा चल्न नसकेको आरोप लगाएका छन् । आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले कांग्रेसले आक्रोश र पीडाले जे पायो त्यही बोलिरहेको टिप्पणी गरे । सहमतिका साथ अघि बढ्न एमालेले समन्वयकारी काम गरेको भन्दै कांग्रेस तर्कमा आउन नसकेको उनको ओलीको जिकिर छ ।जनताको नाम लिएर कांग्रेसले सदनमा आफ्नो कुण्ठा पोख्ने काम गरेको भन्दै ओलीले उत्तेजना नभई संयमित ढंगले विधिअनुसार समाधान खोज्नुपर्नेमा जोड दिए । कांग्रेसको विरोधका कारण नभई बजेट तयारीका लागि अहिलेको अधिवेशन अन्त्य गरिएको उनको प्रष्टोक्ति थियो । बजेट अधिवेशनका लागि १५ दिनको ग्याप राख्नुपर्ने र जेठ १५ मा बजेट ल्याउनुपर्ने संवैधानिक अवस्थालाई बुझ्नुपर्ने ओलीले बताए ।

प्रतिक्रिया दिनुहोस
एमालेकै कित्तामा उभिँदै कांग्रेस

    प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दामा एमाले र कांग्रेस एकैठाउँमा उभिएका छन् ।...

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...