प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य



हाम्रो इकोनोमि

 

 

संघीय संसदको हिउँदे तेस्रो अधिवेशन आज (आइतबार) राति १२ बजेदेखि लागु हुने गरी अन्त्य भएको छ । आज बसेको प्रतिनिधसभाको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयको पत्र पढेरअधिवेशन आज राति १२ बजेदेखि लागु हुनेगरी अन्त्य भएको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो,‘प्रतिनिधिसभाको चालु अधिवेशनप्र आज राति १२ बजेबाट स्वतःअन्त्य हुने जानकारी गराउँदछु’ । यसअघि सरकारले आज रातिदेखि अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो । बैठकमा सभामुख घिमिरेले संसदीय काम कारवाही सुनाउँदै ७० दिनमा २३ वटा बैठक बसेको र ८१ घण्टा ५५ मिनेट संसदीय काम कारवाही भएको जानकारी समेत गराउनुभएको थियो । उहाँले भन्नुभयो,‘संघीय संसदको हिउँदे तेस्रो अधिवेशन २०८० माग २२ देखि सुरु भई ८१ बैशाख २ गतेसम्म ७० दिन चालु रह्यो जसमध्ये २३ दिनहरुमा २३ वटा बैठक बसी ८१ घण्टा ५५ मिनेट संसदीय काम कारवाही भयो ।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...