आज प्रतिनिधि सभाको बैठक बस्दै



हाम्रो इकोनोमि

 

 

संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक बिहान ११ बजेबाट बस्दैछ । आज हिउँदे अधिवेशनको अन्तिम बैठक हो । आजको बैठकमा ८ वटा सम्भावित कार्यसूची तय भएका छन् । आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने पहिलो कार्यसूची छ । त्यस्तै चालू अधिवेशनमा विभिन्न मन्त्रालयबाट प्राप्त सबै मौखिक तथा लिखित प्रश्न र उत्तर सम्बन्धित मन्त्रीबाट टेबुल गरिने छ । सचिवालयद्वारा जारी सम्भावित कार्यसूचीअनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८०’ पेश गर्ने छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौ वार्षिक प्रतिवेदन, २०८० पेश गर्ने छन् । त्यस्तै शिक्षामन्त्री सुमना श्रेष्ठले राष्ट्रियसभामा उत्पत्ति भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथि विचार गरियोस् भन्ने प्रश्ताव प्रस्तुत गर्ने छिन् । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामती सेवा विधेयक, २०८० लाई दफाबार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्रताव पेश गर्ने छन् भने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राष्ट्रियसभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयकलाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव पेश गर्ने छन् । अन्तिम कार्यसूचीमा सभामुख देवराज घिमिरेले चालू अधिवेशनको १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित सांसदको सूचना सभाको स्वीकृतिको लागि पेश गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...