आज प्रतिनिधि सभाको बैठक बस्दै



हाम्रो इकोनोमि

 

 

संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक बिहान ११ बजेबाट बस्दैछ । आज हिउँदे अधिवेशनको अन्तिम बैठक हो । आजको बैठकमा ८ वटा सम्भावित कार्यसूची तय भएका छन् । आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने पहिलो कार्यसूची छ । त्यस्तै चालू अधिवेशनमा विभिन्न मन्त्रालयबाट प्राप्त सबै मौखिक तथा लिखित प्रश्न र उत्तर सम्बन्धित मन्त्रीबाट टेबुल गरिने छ । सचिवालयद्वारा जारी सम्भावित कार्यसूचीअनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८०’ पेश गर्ने छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौ वार्षिक प्रतिवेदन, २०८० पेश गर्ने छन् । त्यस्तै शिक्षामन्त्री सुमना श्रेष्ठले राष्ट्रियसभामा उत्पत्ति भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथि विचार गरियोस् भन्ने प्रश्ताव प्रस्तुत गर्ने छिन् । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामती सेवा विधेयक, २०८० लाई दफाबार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्रताव पेश गर्ने छन् भने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राष्ट्रियसभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयकलाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव पेश गर्ने छन् । अन्तिम कार्यसूचीमा सभामुख देवराज घिमिरेले चालू अधिवेशनको १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित सांसदको सूचना सभाको स्वीकृतिको लागि पेश गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस
एमालेकै कित्तामा उभिँदै कांग्रेस

    प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दामा एमाले र कांग्रेस एकैठाउँमा उभिएका छन् ।...

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...