एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ विजयी



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठ प्रतिद्वन्द्वी वर्तमान अध्यक्ष कुमारबहादुर कार्की  (रामकुमार)लाई पराजित गर्दै विजयी भएका हुन् । श्रेष्ठले चार सय ४१ मत प्राप्त गर्दा कुमारले तीन सय चार मत ल्याएका छन् । उनीहरू दुबै जना  प्यानलसहित उम्मेदवारी दिएका थिए । यस्तै उपाध्यक्षमा कुमार प्यानलका कर्ण घिसिङ त्रिपन्न मतले विजयी भएका छन् । उनले तीन सय ९४ मत पाउँदा प्रतिद्वन्द्वी खड्ग रजनमगर (धिरज)ले तीन सय ४१ मत पाए । सचिवमा भने कुमार प्यानलका नबराज थिङ विजयी भएका छन् । थिङ चार सय एक मतसहित विजयी हुँदा उनका प्रतिद्वन्द्वी श्रेष्ठ प्यानलका बर्तमान सचिव समेत रहेका नारायण बरालले तीन सय २८ मत मात्रै पाएका छन् । 

उपसचिव (खुला) मा पनि कुमार प्यानलका दीपेश बराल विजयी भएका छन् । बराल दुई सय ३५ मत पाएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी कुमार शर्माले एक सय ५६ मत पाए। यस्तै अर्का राजु बरालले एक सय ५१ टिकाबहादुर देवकोटा ९१ र शंकर कार्कीले ४५ मत पाएका छन् ।उपसचिव (महिला) मा भने श्रेष्ठ प्यानलकी पार्वती भट्टराई सर्वाधिक चार सय ८४ मतसहित विजयी भएकी छन् । उनकी प्रतिद्वन्द्वी मिथुला फुयालले दुई सय २० मत पाएकी छन् । चैत २६ गते सुरू भएको एमाले आठौं अधिवेशनमा तेस्रो दिन शुक्रबार मतदान भएको थियो । कुल सात सय ८३ प्रतिनिधि रहेकोमासात सय ५४ मत खसेको थियो।शुक्रब रातिदेखि पदाधिकारीको मतगणना गरिएको थियो भने सदस्यको मत गणना अब हुने निर्वाचन कमिटीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...