एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ विजयी



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठ प्रतिद्वन्द्वी वर्तमान अध्यक्ष कुमारबहादुर कार्की  (रामकुमार)लाई पराजित गर्दै विजयी भएका हुन् । श्रेष्ठले चार सय ४१ मत प्राप्त गर्दा कुमारले तीन सय चार मत ल्याएका छन् । उनीहरू दुबै जना  प्यानलसहित उम्मेदवारी दिएका थिए । यस्तै उपाध्यक्षमा कुमार प्यानलका कर्ण घिसिङ त्रिपन्न मतले विजयी भएका छन् । उनले तीन सय ९४ मत पाउँदा प्रतिद्वन्द्वी खड्ग रजनमगर (धिरज)ले तीन सय ४१ मत पाए । सचिवमा भने कुमार प्यानलका नबराज थिङ विजयी भएका छन् । थिङ चार सय एक मतसहित विजयी हुँदा उनका प्रतिद्वन्द्वी श्रेष्ठ प्यानलका बर्तमान सचिव समेत रहेका नारायण बरालले तीन सय २८ मत मात्रै पाएका छन् । 

उपसचिव (खुला) मा पनि कुमार प्यानलका दीपेश बराल विजयी भएका छन् । बराल दुई सय ३५ मत पाएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी कुमार शर्माले एक सय ५६ मत पाए। यस्तै अर्का राजु बरालले एक सय ५१ टिकाबहादुर देवकोटा ९१ र शंकर कार्कीले ४५ मत पाएका छन् ।उपसचिव (महिला) मा भने श्रेष्ठ प्यानलकी पार्वती भट्टराई सर्वाधिक चार सय ८४ मतसहित विजयी भएकी छन् । उनकी प्रतिद्वन्द्वी मिथुला फुयालले दुई सय २० मत पाएकी छन् । चैत २६ गते सुरू भएको एमाले आठौं अधिवेशनमा तेस्रो दिन शुक्रबार मतदान भएको थियो । कुल सात सय ८३ प्रतिनिधि रहेकोमासात सय ५४ मत खसेको थियो।शुक्रब रातिदेखि पदाधिकारीको मतगणना गरिएको थियो भने सदस्यको मत गणना अब हुने निर्वाचन कमिटीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...