रुकुमपूर्वमा एमाले सर्वसम्मत चयन



 

 

नेकपा एमाले रुकुमपूर्वको नवौं अधिवेशनले लिलामणी गौतमको अध्यक्षतामा ७१ सदस्यीय कमिटी सर्वसम्मत चयन गरेको छ । चैत २९ र ३० गते आयोजना गरिएको अधिवेशनमा अध्यक्षको आकांक्षी धेरै भएपनि अन्तिममा गौतमको अध्यक्षतामा सर्वसम्मत नेतृत्व छानिएको हो । गौतम पार्टीको प्रदेश कमिटी सदस्य रहेका थिए , नवनिर्वाचित कमिटीको उपाध्यक्षमा गोपाल रेउले, सचिवमा तेजेन्द्र बुढा, उपसचिवमा पशुपति खड्का र तेजकुमारी तुलाचनसहित ७१ सदस्यीय कमिटी सर्वसम्मत छानिएका हुन् । त्यसैगरी लेखा समितिको संयोजकमा चिन्तामणी दाहाल सचिवमा विजय शर्मासहित ७ सदस्यीय लेखासमिति पनि सर्वसम्मत निर्वाचित भएको छ । नवनिर्वाचित अध्यक्ष गौतमले सबैको भावनालाई समेटेर पार्टीलाई अगाडि बढाउने बताए । उनले भुगोलमा काम गर्न, पार्टीमा बलियो बनाउन प्रदेश कमिटी छोडेर जिल्लामा आएको जानकारी दिए । ३६ वर्षका गौतम ०५६ सालमा अनेरास्ववियु प्राक कमिटीबाट राजनीतिमा लागेका थिए । ०५७ सालमा अनेरास्ववियुको प्राक अध्यक्ष, ०५८ मा अनेरास्ववियु रुकुम सदस्य, ५९ मा सचिव, र ६० मा जिल्ला अध्यक्ष बनेका थिए । ०६४ देखि ६७ सम्म अनेरास्ववियु केन्द्रीय सदस्य, ०६८ देखि ७३ सम्म एमाले रुकुम काठमाण्डौ सम्पर्क मन्च, त्यसपछि रुकुमपूर्व जिल्ला कमिटी सदस्य, नेकपा विभाजनपछि जिल्ला सचिव, र प्रदेश सदस्य रहेका थिए । रुकुमपूर्व लुम्बिनी प्रदेशको एकमात्र हिमाली प्रदेश हो । १२ जिल्ला रहेको लुम्बिनीमा यसअघि रुकुममा मात्रै एमालेको जिल्ला अधिवेशन सकिएको छ । रुकुममा निर्वाचनबाट नेतृत्व छानिएको थियो । प्रदेशका अरु १० जिल्लामा अधिवेशनको तयारी भएको एमाले प्रदेश अधयक्ष राधाकृष्ण कंडेलले बताए । अधिवेशनको एमाले केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज पद्मा अर्यालले उद्घाटन गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
अर्थमन्त्री विष्णुप्रसाद पौडेल डिस्चार्ज

    उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । कीर्तिपुर

तीनै तहको सरकार मिलेर देश बनाउनुपर्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै तहका सरकार मिलेर विकास निर्माणका कामलाई

बुढानिलकण्ठ नगरपालिकाको चौथो रोजगार मेला सम्पन्न

    बुढानिलकण्ठ नगरपालिकाको आयोजनामा चौथो रोजगार तथा वृति मेला सम्पन्न भएको छ

लुम्बिनी प्रदेशसभामा प्रधानमन्त्रीको सम्बोधन

    प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशसभालाई सम्बोधन गरेका छन् । उनलाई