रुकुमपूर्वमा एमाले सर्वसम्मत चयन



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले रुकुमपूर्वको नवौं अधिवेशनले लिलामणी गौतमको अध्यक्षतामा ७१ सदस्यीय कमिटी सर्वसम्मत चयन गरेको छ । चैत २९ र ३० गते आयोजना गरिएको अधिवेशनमा अध्यक्षको आकांक्षी धेरै भएपनि अन्तिममा गौतमको अध्यक्षतामा सर्वसम्मत नेतृत्व छानिएको हो । गौतम पार्टीको प्रदेश कमिटी सदस्य रहेका थिए , नवनिर्वाचित कमिटीको उपाध्यक्षमा गोपाल रेउले, सचिवमा तेजेन्द्र बुढा, उपसचिवमा पशुपति खड्का र तेजकुमारी तुलाचनसहित ७१ सदस्यीय कमिटी सर्वसम्मत छानिएका हुन् । त्यसैगरी लेखा समितिको संयोजकमा चिन्तामणी दाहाल सचिवमा विजय शर्मासहित ७ सदस्यीय लेखासमिति पनि सर्वसम्मत निर्वाचित भएको छ । नवनिर्वाचित अध्यक्ष गौतमले सबैको भावनालाई समेटेर पार्टीलाई अगाडि बढाउने बताए । उनले भुगोलमा काम गर्न, पार्टीमा बलियो बनाउन प्रदेश कमिटी छोडेर जिल्लामा आएको जानकारी दिए । ३६ वर्षका गौतम ०५६ सालमा अनेरास्ववियु प्राक कमिटीबाट राजनीतिमा लागेका थिए । ०५७ सालमा अनेरास्ववियुको प्राक अध्यक्ष, ०५८ मा अनेरास्ववियु रुकुम सदस्य, ५९ मा सचिव, र ६० मा जिल्ला अध्यक्ष बनेका थिए । ०६४ देखि ६७ सम्म अनेरास्ववियु केन्द्रीय सदस्य, ०६८ देखि ७३ सम्म एमाले रुकुम काठमाण्डौ सम्पर्क मन्च, त्यसपछि रुकुमपूर्व जिल्ला कमिटी सदस्य, नेकपा विभाजनपछि जिल्ला सचिव, र प्रदेश सदस्य रहेका थिए । रुकुमपूर्व लुम्बिनी प्रदेशको एकमात्र हिमाली प्रदेश हो । १२ जिल्ला रहेको लुम्बिनीमा यसअघि रुकुममा मात्रै एमालेको जिल्ला अधिवेशन सकिएको छ । रुकुममा निर्वाचनबाट नेतृत्व छानिएको थियो । प्रदेशका अरु १० जिल्लामा अधिवेशनको तयारी भएको एमाले प्रदेश अधयक्ष राधाकृष्ण कंडेलले बताए । अधिवेशनको एमाले केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज पद्मा अर्यालले उद्घाटन गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...