स्वार्थ छाडेर सहकार्य गरौँ : शेखर कोइराला



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आज लोकतन्त्र, संघीयता र गणतन्त्रमाथि चौतर्फी आक्रमण भइरहेको बताएका छन् । नयाँ वर्षको शुभकामना दिँदै यो आक्रमणलाई निस्तेज पार्ने राजनीतिक दलहरु मिल्नुको विकल्प नभएको उनको भनाइ छ । उनले भनेका छन्- राजनीतिक दलहरूमा देखिएको सत्ता लिप्सा र अराजक व्यवहारले हामीलाई नराम्ररी जनताको कठघरामा उभ्याएको छ । राजनीति समाज सेवा हो, राष्ट्र निर्माणको अभियान हो र यो अभियानमा निष्ठावान, नैतिकवान र इमान्दार व्यक्तिहरू किमार्थ पछाडि पर्नुहुँदैन । राज्यका सार्वजनिक संस्थाहरूलाई दलीय राजनीतिबाट मुक्त राख्न नसके नागरिकको दृष्टिमा तीनको उपयोगिता स्थापित गर्न सम्भव नहुने बताए ।विज्ञप्तिमा भनिएको छ,’ हाम्रा संवैधानिक संस्थाहरू मात्र होइन राज्यका सबैजसो सरकारी निकायमा व्यापक सुधारको खाँचो छ । यो सुधार प्रक्रिया अब ढिलो गर्दा लोकतन्त्रमाथीको खतरा बढेर जानेछ । संघीयतालाई सफल पार्न प्रशासनिक र वित्तीय संघीयतालाई इमानदारीपूर्वक हस्तान्तरणको खाँचो छ । तब मात्र हामीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको माध्यमद्वारा शान्ति र समृद्धको यात्रा तय गर्न सक्नेछाै‌ं । आमनागरिकको हामी राजनीतिकर्मीसँग त्यही अपेक्षा छ । प्रश्न छ के हामी राजनीतिकर्मी नागरिकको अपेक्षाअनुरूप अगाडि बढ्न तयार छौँ वा बढिरहेका छौँ  ?’ राजनीतिकर्मीहरुले प्राथमिकतामा सधै आफू र आफ्नो दललाई मात्रै हेरेकै कारणले जनतामा चरम निराशा पैदा भएको उल्लेख गरेका छन् । देशभित्र आमनागरिक, बुद्धिजीवी, व्यापारी, उद्योगपति, कर्मचारी लगायत सबैले समर्थन गरेकोलाई मात्र अन्तर्राष्ट्रिय समुदायले विश्वास गर्छन्, देशमा लगानी आउँछ र उत्पादन बढेर रोजगारीको अवसर सृजना हुन्छ । यो ‘इको सिस्टम’ निर्माण गर्न जति चाँडो सम्भव भयो नयाँ वर्षको उमंग र उल्लास त्यति नै दिगो हुन्छ । दिगो विकासका लक्ष्यहरु प्राप्त गर्न तबमात्र सम्भव हुन्छ’ कोइरालाले उल्लेख गरेका छन् । नागरिकको भावना, विश्वास र भरोसामा खरो उत्रिनुको विकल्प नभएको उल्लेख गर्दै यो देशमा केही हुँदैन भन्ने भाष्यलाई चिनुपर्ने बताएका छन् । उनले भनेका छन्, ‘आमनागरिक, निजीक्षेत्र, राजनीतिकर्मी, कर्मचारीतन्त्रलगायत सबै पक्षले एकता, सहकार्य र संकल्प गर्दै देश विकासमा अगाडि बढौँ र भनौँ हामी राष्ट्र निर्माण गर्न सक्छौं ।

 

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...