कम्युनिस्ट आन्दोलन पुनर्गठन गर्न झलनाथको आह्वान



हाम्रो इकोनोमि

 

 

पूर्व प्रधानमन्त्री तथा नेकपा एसका सम्मानित नेता झलनाथ खनालले ८० को दशकलाई कम्युनिस्ट आन्दोलनको एकता र पुनर्गठनको अवधि बनाउन आह्वान गरेका छन् । नयाँ वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सन्देश दिदै नेता खनालले ‘म ठूलो,म बलियो र मैले सबै कुरा पाउनुपर्छ’ भन्ने दम्भ र घमण्डबाट मुक्त हुन समेत कम्युनिस्ट पार्टीका नेताहरुलाई आह्वान गरेका छन् । पूर्व प्रधानमन्त्री खनालको वक्तव्यमा भनिएको छ– वर्षको ११ औँ महिनामा आइपुग्दा देशका वामपन्थी शक्तिहरू निकट आएका छन, संयुक्त सरकारमा सहभागी बनेका छन र जनता र राष्ट्रका साझा सवालमा एकताबद्ध भएको घोषणा गरेका छन् । यो एउटा सकारात्मक राजनीतिक विकास हो । तर के देशको परिस्थितिलाई र कम्युनिष्ट आन्दोलनलाई सकारात्मक दिशामा अघि बढाउन यति कुरा नै पर्याप्त छ त रु बिल्कुल छैन । त्यसका निम्ति सबै वामपन्थी समूहहरूमा “म ठूलो, म बलियो र मैले सबै कुरा पाउनुपर्छ” भन्ने जस्ता दम्भ र घमण्डबाट मुक्त हुनुपर्छ, सबैका बीच समानता र सम्मानका साथ साझा आधारमा एकताबद्ध बन्न र बनाउन सक्नुपर्छ, नेता खनालले टुटफुट र विभाजनबाट २०८० को अन्तिम समयमा वामपन्थी सहकार्य तथा गठबन्धनको नयाँ सरकार बनेकोमा खुसी व्यक्त गर्दै यसलाई भत्काउन खोज्ने दक्षिणपन्थी चलखेलबाट सचेत रहन समेत आग्रह गरेका छन् । खनालले भनेका छन्– देशी विदेशी दक्षिणपन्थी शक्तिहरु अहिलेको गठबन्धन सरकारलाई पनि तोड्न चाहन्छन, उनीहरु त्यसमा लागिरहेका छन, हामी त्यस बारेमा सचेत बनौँ र मुलुक तथा जनताका ज्वलन्त समस्याहरु समाधान गर्दै समाजवादको दिशामा दृढ भएर अघि बढौं । यसरी अघि बढेको खण्डमा ८० को दशक कम्युनिष्ट आन्दोलनको एकता, पुनर्गठन, अग्रगतिर र प्रगतिको दशक बन्न सक्छ । उनले देशलाई समाजवादको बाटोमा लैजाने अवसर वामपन्थी नेतृत्वलाई आएको भन्दै नयाँ वर्षले सबैमा यो कुरा आत्मसात गर्ने प्रेरणा दिने अपेक्षा व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...