लुम्बिनीका मुख्यमन्त्री महराले आज विश्वासको मत लिँदै



हाम्रो इकोनोमि

 

 

चैत २३ गते लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराले आज शुक्रबार दिउँसो १ बजे प्रदेश सभामा विश्वासको मत लिन लागेका छन् । तर सरकार गठन हुनुअघि नै दलहरुको बीचमा भएको सहमति कार्यान्वयन नभएको भन्दै साना दलहरुको घुर्कीले मुख्यमन्त्रीसहित माओवादी केन्द्रका नेताहरुले सशंकित बनाएको छ । ५ राजनीतिक दल र एक स्वतन्त्र सांसदको समर्थन बल्लबल्ल बहुमत पुराएका मुख्यमन्त्री महरालाई साना दलको शर्तै शर्तले हैरानी पारेको छ । केन्द्रमा सत्ता गठबन्धनमा रहेका नेकपा एस, जसपाले मात्रै होइन प्रदेशमा सहकार्य गरेको नाउपा र स्वतन्त्रका सांसदहरुले पहिले मन्त्रीको ग्यारेन्टी नभए विश्वासको मत दिन नसकिने शर्त तेर्साएपछि मुख्यमन्त्रीलाई संकट परेको हो । तर माओवादी नेतृत्व सहकार्यमा रहेका दलहरुले आफ्ना सहमति पूरा गराउन दवाव दिएपनि विश्वासको मत पाउने विषयमा ढुक्क रहेको छ । ८७ सदस्यीय प्रदेश सभामा महरा ४८ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् तर ४ सांसद रहेको नाउपा, ३ सांसद रहेको जसपा, १ सांसद रहेको नेकपा एस र स्वतन्त्रका सांसदहरुको मत नपाए विश्वासको मतमा बहुमत पुग्दैन ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...