लुम्बिनीका मुख्यमन्त्री महराले आज विश्वासको मत लिँदै



हाम्रो इकोनोमि

 

 

चैत २३ गते लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराले आज शुक्रबार दिउँसो १ बजे प्रदेश सभामा विश्वासको मत लिन लागेका छन् । तर सरकार गठन हुनुअघि नै दलहरुको बीचमा भएको सहमति कार्यान्वयन नभएको भन्दै साना दलहरुको घुर्कीले मुख्यमन्त्रीसहित माओवादी केन्द्रका नेताहरुले सशंकित बनाएको छ । ५ राजनीतिक दल र एक स्वतन्त्र सांसदको समर्थन बल्लबल्ल बहुमत पुराएका मुख्यमन्त्री महरालाई साना दलको शर्तै शर्तले हैरानी पारेको छ । केन्द्रमा सत्ता गठबन्धनमा रहेका नेकपा एस, जसपाले मात्रै होइन प्रदेशमा सहकार्य गरेको नाउपा र स्वतन्त्रका सांसदहरुले पहिले मन्त्रीको ग्यारेन्टी नभए विश्वासको मत दिन नसकिने शर्त तेर्साएपछि मुख्यमन्त्रीलाई संकट परेको हो । तर माओवादी नेतृत्व सहकार्यमा रहेका दलहरुले आफ्ना सहमति पूरा गराउन दवाव दिएपनि विश्वासको मत पाउने विषयमा ढुक्क रहेको छ । ८७ सदस्यीय प्रदेश सभामा महरा ४८ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् तर ४ सांसद रहेको नाउपा, ३ सांसद रहेको जसपा, १ सांसद रहेको नेकपा एस र स्वतन्त्रका सांसदहरुको मत नपाए विश्वासको मतमा बहुमत पुग्दैन ।

प्रतिक्रिया दिनुहोस
एमालेकै कित्तामा उभिँदै कांग्रेस

    प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दामा एमाले र कांग्रेस एकैठाउँमा उभिएका छन् ।...

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...