एमाले नवलपुरको अध्यक्षमा जीवन श्रेष्ठ



हाम्रो इकोनोमि

 

 

एमाले पूर्वी नवलपरासीको अध्यक्षमा जीवन श्रेष्ठ चुनिएका छन् । नवौं अधिवेशन सुरु भएको चौथो दिन बिहीबार श्रेष्ठ अध्यक्षमा चयन भएका हुन् । श्रेष्ठ संविधानसभा सदस्य पनि हुन् । जिल्ला कमिटीको उपाध्यक्षमा यमुनाथ आचार्य, सचिवमा भिम कँडेल, उपसचिवमा षडानन्द लामिछाने र कल्पना देवकोटा चयन भएको निर्वाचन समितिले जनाएको छ । १ सय ३ जना जिल्ला सदस्यका लागि २ सय ८४ जनाको उम्मेदवारी परेको थियो । सदस्यहरुका आकांक्षी बढेपछि निर्वाचन समितिले १ सय ३ जनाको नाममा सहमति जनाएर आउन अनुरोध गरेको छ । सदस्यहरुमा सर्वसम्मत हुन नसके अध्यक्ष मण्डलले नाम घोषणा गर्ने तयारी गरेको एमालेले जनाएको छ । अधिवेशनमा नेतृत्व चयनका लागि मतदान नगरिपछि नेतृत्वको आलोचना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...