एमालेका अध्यक्ष ओली आज ताप्लेजुङ जानुहुँदै



 

 

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज ताप्लेजुङको ओलाङचुङगोला जाँदैहुनुहुन्छ । बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्नुहुँदै उहाँले आफू त्यहाँ जान लागेको उल्लेख गर्नुभएको हो । आज म ताप्लेजुङस्थित ओलाङचुङगोला जाँदै छु । ओलाङचुङगोला समुद्री सतहबाट ५२०० मिटर उचाइमा छ । यो तस्वीर ओलाङचुङगोला नजिकैको गोला गाउँको हो । ३२०० मिटर उचाइमा रहेको यो शेर्पा बस्तीभन्दा माथि मानव बसोवास छैन । यहाँ धुपीसल्ला, लालीगुराँस, चिमल, भोजपत्र, सुनपातीजस्ता वनस्पति र चित्तल, घोरल, कस्तुरी, हिम चितुवा लगायत जीवहरु छन् । त्यहाँबाट फर्केपछि म तपाईंहरुलाई आफ्नो अनुभूति पनि बताउने छु ।’ अध्यक्ष ओलीले भन्नुभएको छ । अध्यक्ष ओलीको सचिवालयका अनुसार उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ र रक्षामन्त्री हरि उप्रेतीसहित उहाँ त्यसतर्फ जान लाग्नु भएको हो । अध्यक्ष ओलीले त्यहाँका स्थानीयहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ । चीनसँगको सिमाना ओलाङचुङगोला नाका अहिले बन्द रहेको छ । अध्यक्ष ओलीसँग स्थानीय बासिन्दाले चीनकोसँगको नाका खोल्न माग गर्ने तयारी गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
ब्यूँतियो समाजवादी मोर्चा, आलोकनगरमा बैठक जारी

    समाजवादी मोर्चाको बैठक सुरू भएको छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय

विहेको उमेरहद १८ वर्ष कायम गर्न संसदीय समितिको सुझाव

     प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले गठन गरेको उपसमितिले विवाहको

कांग्रेसका मन्त्रीहरू देउवा निवास बूढानीलकण्ठमा

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका मन्त्रीहरूलाई आफ्नो निवास बूढानीलकण्ठ बोलाएका

विपिन भाई शकुशल हुनुहुन्छ, फर्केर आउनुहुन्छ : परराष्ट्र मन्त्री राणा

     परराष्ट्र मन्त्री आरजु राणा देउवाले इजरायलमा हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी