एमालेका अध्यक्ष ओली आज ताप्लेजुङ जानुहुँदै



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज ताप्लेजुङको ओलाङचुङगोला जाँदैहुनुहुन्छ । बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्नुहुँदै उहाँले आफू त्यहाँ जान लागेको उल्लेख गर्नुभएको हो । आज म ताप्लेजुङस्थित ओलाङचुङगोला जाँदै छु । ओलाङचुङगोला समुद्री सतहबाट ५२०० मिटर उचाइमा छ । यो तस्वीर ओलाङचुङगोला नजिकैको गोला गाउँको हो । ३२०० मिटर उचाइमा रहेको यो शेर्पा बस्तीभन्दा माथि मानव बसोवास छैन । यहाँ धुपीसल्ला, लालीगुराँस, चिमल, भोजपत्र, सुनपातीजस्ता वनस्पति र चित्तल, घोरल, कस्तुरी, हिम चितुवा लगायत जीवहरु छन् । त्यहाँबाट फर्केपछि म तपाईंहरुलाई आफ्नो अनुभूति पनि बताउने छु ।’ अध्यक्ष ओलीले भन्नुभएको छ । अध्यक्ष ओलीको सचिवालयका अनुसार उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ र रक्षामन्त्री हरि उप्रेतीसहित उहाँ त्यसतर्फ जान लाग्नु भएको हो । अध्यक्ष ओलीले त्यहाँका स्थानीयहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ । चीनसँगको सिमाना ओलाङचुङगोला नाका अहिले बन्द रहेको छ । अध्यक्ष ओलीसँग स्थानीय बासिन्दाले चीनकोसँगको नाका खोल्न माग गर्ने तयारी गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...