पूर्वराष्ट्रपति भण्डारीद्वारा इदको शुभकामना



 

 

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले इद (इद–दुल–फित्र) जस्ता धार्मिक तथा सांस्कृतिक पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता एवं पारस्परिक सहयोगको भावनालाई प्रगाढ तुल्याउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुर्‍याउने विश्वास व्यक्त गर्नुभएको छ । इस्लाम धर्मावलम्बीको महान् पर्व, इदको अवसरमा शुभकामना सन्देश दिनुहुँदै पूर्वराष्ट्रपति भण्डारीले इद पर्वले सबै नेपालीबीच आपसी एकताको भावना सुदृढ गर्दै सभ्य, समुन्नत र समृद्ध समाज निर्माण गर्नेतर्फ अग्रसर हुन थप प्रेरणा प्रदान गरोस् भनी शुभकामना दिनुभएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यको शुभकामना व्यक्त गर्नुभएको छ । इदको सन्दर्भमा, मुस्लिम समुदायले जकात अल–फित्र भनिने अनिवार्य दान गर्नुपर्ने मान्यता छ । यस पर्वसँग जोडिएको यस प्रकारको असल परम्परालाई हामीले जोगाउनु पर्दछ ।’ पूर्वराष्ट्रपति भण्डारीको सन्देशमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
पाटन क्याम्पसमा नेविसंघ र अनेरास्ववियुबीच कुटाकुट

    स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा फर्जी मत खसेको ललिपुरको पाटन संयुक्त क्याम्पसमा

गणतन्त्र ल्याउन ज्ञानेन्द्रको पनि भूमिका थियो : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र ल्याउने बेलामा तत्कालिन

आगलागीबाट मोरङमा २ बालबालिकाको मृत्यु, ८ घर जले

     मोरङको धनपालथान गाउँपालिका- ६ कदमा गाउँमा आगलागीमा परी दुई बालबालिकाको मृत्यु

प्रहरी महानिरीक्षकमा दिपक थापा

    सरकारले नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेको