झापामा एमाले अधिवेशन: अध्यक्ष-उपाध्यक्षमा सहमति



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापा ३ दिन बित्दासम्म पार्टीको नेतृत्व चयन हुन सकेको छैन । उद्घाटन समारोहमा ओलीले सहमतिमा नेतृत्व छान्न निर्देशन दिएका थिए । अध्यक्ष ओलीको निर्देशनअनुसार अध्यक्षमा प्रेमबहादुर गिरी र उपाध्यक्षमा शिव ढुंगेलमा सहमति जनाइएको थियो । सचिवलगायतका पदमा अझै सर्वसम्मत हुन नसकेको हो । अध्यक्ष सर्वसम्मत गराउन पनि नेताहरूले लामै कसरत गर्नुपर्‍यो । अध्यक्षका आकांक्षी शिव ढुंगेल उपाध्यक्षमा सहमति गराए पनि सचिव, उपसचिव र सदस्यमा सहमति नजुटेको हो । एमाले झापाको ११औं अधिवेशन चैत १५ बाट सुरू भएको हो । शुक्रबारबाट बन्द सत्र सुरू भएकोमा शनिबार दिउँसो अध्यक्ष र उपाध्यक्षबाहेकका सबै पदमा आवश्यकताभन्दा बढीले मनोनयन दर्ता गराएका छन् । सचिवमा तुलसी कार्की, बोधप्रसाद घिमिरे, पुरुषतर्फ १ उपसचिव पदमा असारु राजवंशी, टीकाराम मंग्राती, चन्द्र सुब्बाले उम्मेदवारी दर्ता गराएका छन् । नेतृत्व चयनमा सर्वसम्मत गर्ने प्रयास भइरहेकोले आइतबार गर्ने भनिएको मतदान सोमबारलाई सारिएको छ । अधिकतम प्रयास गरेर अन्य पदहरूमा पनि सहमति जुटाउने कसरतमा नेताहरू लागेका छन् । अधिवेशनमा पालिकाहरूबाट ४३० जना, जनसंगठनहरूबाट ८९ जना, मजदुरबाट ३० जना, सल्लाहकारहरूबाट २५ जना, सम्पर्क मञ्चबाट पाँच जना र आयोजक १६९ जना र मनोनीत ३८ जना गरी ७८६ जना प्रतिनिधि सहभागी छन् । जिल्ला अधिवेशनबाट ५ जना पदाधिकारीसहित १५० जनाको कमिटी बन्नेछ । विभिन्न जन वर्गीय सङ्गठनहरूबाट पछि थप १५ जना मनोनीतसमेत हुने छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...