झापामा एमाले अधिवेशन: अध्यक्ष-उपाध्यक्षमा सहमति



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापा ३ दिन बित्दासम्म पार्टीको नेतृत्व चयन हुन सकेको छैन । उद्घाटन समारोहमा ओलीले सहमतिमा नेतृत्व छान्न निर्देशन दिएका थिए । अध्यक्ष ओलीको निर्देशनअनुसार अध्यक्षमा प्रेमबहादुर गिरी र उपाध्यक्षमा शिव ढुंगेलमा सहमति जनाइएको थियो । सचिवलगायतका पदमा अझै सर्वसम्मत हुन नसकेको हो । अध्यक्ष सर्वसम्मत गराउन पनि नेताहरूले लामै कसरत गर्नुपर्‍यो । अध्यक्षका आकांक्षी शिव ढुंगेल उपाध्यक्षमा सहमति गराए पनि सचिव, उपसचिव र सदस्यमा सहमति नजुटेको हो । एमाले झापाको ११औं अधिवेशन चैत १५ बाट सुरू भएको हो । शुक्रबारबाट बन्द सत्र सुरू भएकोमा शनिबार दिउँसो अध्यक्ष र उपाध्यक्षबाहेकका सबै पदमा आवश्यकताभन्दा बढीले मनोनयन दर्ता गराएका छन् । सचिवमा तुलसी कार्की, बोधप्रसाद घिमिरे, पुरुषतर्फ १ उपसचिव पदमा असारु राजवंशी, टीकाराम मंग्राती, चन्द्र सुब्बाले उम्मेदवारी दर्ता गराएका छन् । नेतृत्व चयनमा सर्वसम्मत गर्ने प्रयास भइरहेकोले आइतबार गर्ने भनिएको मतदान सोमबारलाई सारिएको छ । अधिकतम प्रयास गरेर अन्य पदहरूमा पनि सहमति जुटाउने कसरतमा नेताहरू लागेका छन् । अधिवेशनमा पालिकाहरूबाट ४३० जना, जनसंगठनहरूबाट ८९ जना, मजदुरबाट ३० जना, सल्लाहकारहरूबाट २५ जना, सम्पर्क मञ्चबाट पाँच जना र आयोजक १६९ जना र मनोनीत ३८ जना गरी ७८६ जना प्रतिनिधि सहभागी छन् । जिल्ला अधिवेशनबाट ५ जना पदाधिकारीसहित १५० जनाको कमिटी बन्नेछ । विभिन्न जन वर्गीय सङ्गठनहरूबाट पछि थप १५ जना मनोनीतसमेत हुने छन् ।

प्रतिक्रिया दिनुहोस
वाम एकता होइन, सुधारिएको एमाले बनाऔँ : सुरेन्द्र पाण्डे

    नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा...

मलाई स्पष्टीकरण सोध्नु नै हास्यास्पद : पूर्णबहादुर खड्का

    नेपाली कांग्रेसले नेता पूर्णबहादुर खड्काले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ नदिने भएका...

पूर्णबहादुरलाई कारबाही गर्ने गगनको तयारी

    पार्टीको समानान्तर गतिविधिमा सक्रिय रहेको आरोपमा कांग्रेसले पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

गगनलाई देउवा कांग्रेसको यस्तो चेतावनी

     नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५ औं महाधिवेशन र क्रियाशील...