प्रचण्ड, ओली र देउवाबीच भेटवार्ता



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्न एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन् । शान्ति प्रक्रिया र संवैधानिक परिषद्को बिषयमा छलफल गर्न प्रचण्डले ओली र देउवालाई सँगै बोलाएका हुन् । नयाँ सत्ता समीकरण बनेपछि ओली र देउवा एकै पटक बालुवाटार पुगेको यो पहिलो हो । यसअघि ओली र देउवासँग प्रचण्डले बेग्लाबेग्लै छलफल गरेका थिए । बैठकमा शान्ति प्रक्रिया, संवैधानिक परिषद्को बैठक, संसदमा कांग्रेसले गरिरहेको अवरोधलगायत समसामयिक बिषयमा पनि हुने जनाइएको छ । प्रधानमन्त्री प्रचण्डले भोलि बिहानका लागि संवैधानिक परिषद्को बैठक पनि बोलाएका छन् । बैठकले रिक्त रहेका संवैधानिक निकायमा पदाधिकारी नियुक्ति गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...