राष्ट्रिय सभा उपाध्यक्षबाट उर्मिला अर्यालले दिइन् राजीनामा



हाम्रो इकोनोमि

राष्ट्रिय सभा उपाध्यक्ष पदबाट उर्मिला अर्यालले राजीनामा दिएकी छन्।अर्यालले बिहीबार राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालसमक्ष राजीनामा पत्र बुझाएकी हुन्।नेकपा (माओवादी केन्द्र) बाट दाहाल गत फागुन २९ गते राष्ट्रिय सभा अध्यक्ष निर्वाचित भएका थिए।उपाध्यक्ष अर्याल पनि माओवादीबाटै २०७९ माघ २३ गते उपाध्यक्ष बनेकी थिइन्।अहिलेको सत्ता गठबन्धन दलहरूबीच राष्ट्रिय सभा अध्यक्ष माओवादीले लिने सहमति थियो भने उपाध्यक्ष अन्य दलबाट लिने सहमति थियो ! सुरूमा उपाध्यक्ष एमालेले लिने दलहरूबीचको सहमति पत्रमा उल्लेख भए पनि नेकपा (एकीकृत समाजवादी) लाई गठबन्धनमा ल्याउँदा उक्त बुँदा हटाइएको थियो।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...