टोपबहादुर रायमाझी अस्पताल भर्ना



 

नेकपा (एमाले) का निलम्बित सचिव टोपबहादुर रायमाझीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर भर्ना गरिएको छ। हाल उनलाई चिकित्सकको निगरानीमा राखिएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका नेता रायमाझीको मुटुमा समस्या भएपछि बुधबार राति उक्त सेन्टरमा भर्ना गरिएको थियो।  नेता रायमाझीको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिँदै उनको उपचारमा संलग्न वरिष्ठ मुटुरोग विशेषज्ञ डा. चन्द्रमणि पौडेलले उनलाई मुटुको चालको निगरानी गर्न सेन्टरमा राखिएको बताए। ‘उहाँलाई रिँगटा लागेर मुटुको चाल कम भएपछि भर्ना गरिएको हो,’ डा पौडेलले भने, ‘अहिले उहाँको मुटुको इसिजी गरेर चिकित्सकको निगरानीमा राखिएको छ।’ रायमाझीको स्वास्थ्यमा कुनै समस्या नभए पनि मुटुको चाल मात्र कम भएको पौडेलले बताए।

प्रतिक्रिया दिनुहोस
किट कलेजका ९५ नेपाली विद्यार्थी घर फर्किए

    भारतको ओडिसास्थिट किट कलेजबाट निकालिएका ९५ विद्यार्थी पर्साको वीरगन्ज नाकाबाट घर

भावी पुस्ताले बिर्सन नमिल्ने दिन फागुन ७ : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ७ गतेले शासनको स्वरूपमात्र नभई सबै

अध्यादेशको विपक्षमा मतदान गर्छौँ : नेकपा एस

    नेकपा एकीकृत समावजवादीले सरकारले ल्याएको अध्यादेशको विपक्षमा मतदान गर्ने निर्णय गरेको

नेकपा एसको अनेरास्ववियू फुट्यो, समानान्तर कमिटी घोषणा

    नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन (अनेरास्ववियू) को असन्तुष्ट पक्षले यही