सुन तस्करी प्रकरणमा गृहले बनायो अर्को समिति



हाम्रो इकोनोमि

 

 

सुन तस्करी प्रकरणमा दोषी देखिएका प्रहरीमाथि कारबाही गर्न गृह मन्त्रालयले अर्को समिति गठन गरेको छ । अनुसन्धानमा लापरवाही गर्ने, अभियुक्तलाई जोगाउन सहयोग गर्ने प्रहरीलाई कारबाही गर्न मन्त्रालयले कानुन महाशाखाका सहसचिव भरतमणि रिजालको नेतृत्वमा तीन सदस्यीय समिति बनाएको हो । समितिमा नेपाल प्रहरीका डीआईजी भीमप्रसाद ढकाल र गृह मन्त्रालयकै प्रहरी प्रशासन शाखाका उपसचिव रामबहादुर शाही सदस्य रहेका छन् । समितिले उच्चस्तरीय सुन तस्करी जाँचबुझ आयोगले दिएको प्रतिवेदन अध्ययन गरेर कसलाई के कारबाही गर्ने भन्ने सिफारिस गर्नेछ । जाँचबुझ आयोगले चार जना प्रहरीलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ , १ चैतमा गृह एवम् उपप्रधान मन्त्री रवि लामिछानेलाई पूर्व न्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको आयोगले प्रतिवेदन बुझाएको थियो । ४८५ पृष्ठ लामो प्रतिवेदनमा सीआईबीका चार प्रहरी अधिकृतलाई विभागीय कारबाहीका लागि सिफारिस गर्नुका साथै अनुसन्धानमा खटिएका सबै प्रहरीहरुको सरुवा गर्नुपर्ने उल्लेख गरेको थियो ।

जसअनुसार विभागीय कारबाहीका लागि सिफारिस भएका चारै जनालाई जिम्मेवारीबाट हटाएर प्रहरी प्रधान कार्यालयमा सरुवा समेत गरिएको छ । उनीहरुले सुन तस्करीका मुख्य अभियुक्त अछामको जीवन चलाउनले बयान गराएर पनि भगाएको आरोप आयोगले लगाएको छ । सीआईबीमै गएर बयान दिएका व्यक्ति चलाउनेलाई भगाएकोदेखि कृष्णबहादुर महरालाई समेत उन्मुक्ति दिएर गम्भीर गल्ती गरेको आयोगले औंल्याएको थियो । गत २ साउनमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सार पास भएर बाहिरिँदै गरेको ६० किलो बढी सुन र विद्युतीय चुरोट (भेप) मार्फत भएको ९ किलो सुन तस्करी प्रकरण अनुसन्धानका लागि छुट्टै स्वतन्त्र आयोग बनाउने माग राख्दै संसद अवरुद्ध भएपछि सरकार आयोग गठनका लागि तयार भएको थियो ।

प्रतिक्रिया दिनुहोस
केपी ओली र प्रचण्डबीच गोप्य भेटवार्ता

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल...

चीन जाने तयारीमा रवि लामिछाने

    रास्वपा सभापति रवि लामिछाने चीन जाने तयारीमा छन् । उच्च सरकारी...

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा भारी वर्षा हुने

    देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा...

शिक्षा र स्वास्थ्यको कर हटाउने सरकारको निर्णय

    सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट...