हाजिरी जमानीमा छुटे कृष्णबहादुर महरा



हाम्रो इकोनोमि

 

 

सुन तस्करी आरोपमा पक्राउ परेका माओवादी नेता कृष्णबहादुर महरा हाजिरी जमानीमा छुटेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले स्वास्थ्यका कारण महरालाई छाडिएको जनाएको छ । सीआईबी प्रवक्ता होबिन्द्र बोगटीले छोरा एटम बोहराको जिम्मा लगाएर महरालाई छाडिएको जानकारी दिए । महराको स्वास्थ्य अवस्थाका कारण उहाँलाई हाजिरी जमानीमा छाडिएको हो’, एसपी बोगटीले भने । उनलाई चैत ५ गते कपिलबस्तुबाट पक्राउ गरिएको थियो । महरालाई अदालतले उनको स्वास्थ्य अवस्था कमजोर रहेको भन्दै अस्पतालमा राख्न निर्देशन दिएको थियो । त्यसै अनुसार उनी नर्भिक अस्पतालमा भर्ना भएका थिए । प्रहरीले बुधबार र बिहीबार दुई दिन अस्पतालबाटै ल्याएर बयान लिएको छ । उनको बयान पनि सकिएको छ र सुन तस्करीका आरोपीलाई फोन गरेको बाहेक अरु ठोस प्रमाण नभेटिएको स्रोत बताउँछ ।महरा राम्रोसित बोल्न र हिँड्न सकिरहेका छैनन् । उनले ८ किसिमको औषधि नियमित सेवन गरिरहेको पाइएको छ । स्रोतकाअनुसार महराले टीबीदेखि मस्तिष्कको नशासम्मको समस्या बोकेका छन् ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...