आफ्नै पार्टीमा बाबुराम भट्टराई अल्पमतमा



हाम्रो इकोनोमि

 

 

डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी दुई चिरा भएको छ । माओवादी केन्द्रसँग एकता गर्ने विषयमा कुरा नमिल्दा अर्का अध्यक्ष महेन्द्र यादव पक्ष पार्टी विभाजनको तहमा ओर्लिएको छ । यद्यपि, दुइटै पक्षले आफ्नो पक्षमा बहुमत रहेको दाबी गर्दै आएका छन् । यादव पक्षले माओवादीसँग पार्टी एकता गर्ने सहमति गरेपछि हालै बसेको भट्टराई पक्षको केन्द्रीय समितिको बैठकले अर्का अध्यक्ष यादवसहित सहअध्यक्ष गंगानारायण श्रेष्ठ, महासचिव रमेश यादवसहित नेताहरुलाई पार्टीबाट हटाउने निर्णय गरेको छ । दुई तिहाइ केन्द्रीय सदस्यको उपस्थितिमा भएको बैठकले पार्टीविपरीत गतिविधि गर्नेलाई निष्कासन गरेको नेता रोशन पोखरेलले बताए । लगत्तै यादव पक्षले पनि आकस्मिक केन्द्रीय कमिटीको बैठक राखेर भट्टराई पक्षको निर्णय अस्वीकार गर्दै सातै प्रदेशमा समानान्तर समिति घोषणा गरेको थियो । पार्टी विभाजनपछि बुधबार अध्यक्ष भट्टराईले पत्रकार सम्मेलन गरेर केही मान्छे पार्टीमा प्रवेश गरेको कुरालाई पार्टी एकताको प्रचार गरेर प्रचण्डले जालसाजी गरेको टिप्पणी गरेका थिए । उनले ७० प्रतिशत केन्द्रीय सदस्य र दुई तिहाइ कार्यकारिणी समिति सदस्य आफूसँग भएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...