महरा दिनहुँ खान्छन् ८ किसिमका औषधि



हाम्रो इकोनोमि

 

 

सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको बयान सकिएको छ । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयमा बुधबारदेखि सुरु भएको बयान सकिएको हो । नर्भिक अस्पतालमा उपचाररत महरा पहिलो दिन बयानका क्रममा भक्कानिएका थिए । उनी बयान सकिएपछि कुराकानी गर्ने क्रममा कस्सिएर रोएको एक अधिकारीले बताए । ‘उहाँ कुरा गर्दागर्दै भक्कानिनु भयो । नखाएको विष लाग्यो भन्दै रुनुभयो’ ती अधिकारीले भने । सुन तस्करी जाँचबुझ आयोगले मुद्दा चलाउन सिफारिस गरेपछि महरा पक्राउ परेका हुन् । भन्सारमा अड्किएको इलेक्ट्रिक सिगरेट–भेप छुटाउन महराको मोबाइलबाट फोन गएको देखिएपछि उनलाई पनि छानबिनको दायरामा ल्याउनुपर्ने तर सीआईबीले त्यतिबेला नल्याएको आयोगको दाबी छ । काठमाडौं जिल्ला सरकारी वकिल स्रोत आयोगले परिस्थतिजन्य प्रमाणका आधारमा महराको संलग्नता औँल्याएको बताए । ‘उहाँको नम्बरबाट फोन गरेको बाहेक अन्य कुनै प्रमाण भेटिएको छैन’, सरकारी वकिल कार्यालय स्रोतले भन्यो । ती अधिकारीले महराको शारीरिक अवस्था निकै जीर्ण रहेको पनि बताए । उहाँ राम्रोसँग बोल्नसमेत सकिरहनु भएको छैन । दुईतिर समातेर हिँडाउनुपर्ने अवस्था छ’, ती अधिकारीले भने । सीआईबीका अनुसार महरा दैनिक ८ किसिमका औषधिहरु सेवन गर्ने गर्छन् । ‘टीभीदेखि मस्तिष्कको नसासम्ममा समस्या रहेछ’, सीआईबी स्रोतले भन्यो ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...