कांग्रेसले आजपनि प्रतिनिधि सभा बैठक अवरुद्ध पार्ने



हाम्रो इकोनोमि

 

 

 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज बुधबार पनि प्रतिनिधि सभा बैठक अवरुद्ध पार्ने भएको छ । सहकारी ठगीका विषयमा संसदीय छानविन समिति गठन गर्नुपर्ने माग गर्दै आएको कांग्रेसले छानविन समिति गठन नभएसम्म संसद् चल्न नदिने अडान लिएको हो । सहकारी ठगीमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने स्वयम् आरोपित रहेको भन्दै त्यो आरोपबाट मुक्त नभएसम्म अनुसन्धान गर्ने निकायको प्रमुखकारुपमा कार्य गर्न नमिल्ने भनेको छ । कांग्रेसकै मागबमोजिम मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मा जवाफ दिएपनि कांग्रेसले अडान छोडेको छैन ।

सहकारी ठगीका विषयमा संसदीय छानविन समिति गठन नभएसम्म संसद् चल्न नदिने कांग्रेस सांसद रामहति खतिवडाले बताउनुभयो । कुनै पनि आरोप लागेको व्यक्ति त्यस्तो अपराध अनुसन्धान गर्ने निकायको प्रमुख बन्न सक्दैन, मिल्दैन । उहाँहरूको जवाफ चित्तबुझ्दो छैन,’ सांसद खतिवडाले भन्नुभयो, ‘रवि लामिछानेमाथि मात्रै होइन, समग्र सहकारीमा भइरहेको ठगीका विषयमा छानविन गर्ने संसदीय छानविन समिति बनाउनुपर्छ, त्यस्तो छानविन समिति नबनेसम्म संसद् चल्न सक्दैन । हामीले संसद् कसरी चलाउने भन्ने जिम्मेवारी सत्तापक्षलाई सुम्पेका छौँ ।’

उहाँले निर्दोष व्यक्ति कुनै पनि छानविनबाट भाग्नुपर्ने अवस्था नरहेको बताउनुभयो । ‘वास्तवमा यो रास्वपाले लिएर आउनुपर्ने माग हो । अहिले त हामीले राखिदिएका छौँ । हिजो उहाँहरूले आरोेपमात्रै लगाउनुभयो, छानविनको हिम्मत गर्नुभएन,’ उहाँले भन्नुभयो, ‘हामीले त उहाँहरुमाथि लागेको आरोपलाई दुधको दुध, पानीको पानी छुट्याउन छानविन गरौँ भनिरहेका छौँ ।’ यदि गृहमन्त्री लामिछाने सहकारी ठगीमा निर्दोष हो भने छानविनबाट डराएर भाग्नुनपर्ने उहाँको भनाइ छ ।गृहमन्त्री लामिछानेविरुद्ध सहकारीको पैसा अपचलन गरेको विषयमा पीडितहरूले प्रहरीमा जाहेरी दिएका थिए । तत्कालै लामिछानेले आफूले त्यस्तो ऋण नलिएको दाबी गर्नुभएको थियो । मंगलबारै प्रतिनिधि सभाको बैठकमा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सरकारले संसदीय छानविन समिति गठन गरेर सहकारी ठगीका विषयमा छानविन नथालेसम्म संसद् चल्न नदिने बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
रास्वपाबाट जनताको भरोसा पूरा हुँदैन : कुलमान

     उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रास्वपाबाट जनताको आशा र भरोसा...

विश्वकपको प्रत्येक क्षणलाई अविस्मरणीय बनाउने टीसीएलको योजना

    विश्व फुटबलको सबैभन्दा ठूलो उत्सव नजिकिँदै गर्दा, विश्वकै अग्रणी उपभोक्ता इलेक्ट्रोनिक्स...

बजारमा पर्याप्त मात्रामा आउन थाल्यो नेपाली आँप

    काठमाडौं कुलेश्वरस्थित फलफूल बजारमा तराईका विभिन्न क्षेत्र, विशेषगरी लहान लगायतका क्षेत्रमा...

मोटरसाइकल दुर्घटनामा परे हर्क साम्पाङ

    श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ मोटरसाइकलबाट लडेका छन् । उदयपुरको...