अनलाइन जुवा खेलाएको आरोपमा ४ जना पक्राउ



हाम्रो इकोनोमि

 

 

अनलाइन जुवा खेलाएको आरोपमा काठमाडौंबाट ३ महिलासहित ४ जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काभ्रेको मन्डनदेउपुरकी २६ वर्षीया सरिता लामा, सिन्धुपाल्चोकको थाङपालकी २५ वर्षीया सारङ्गा गुरुङ, खोटाङको बाहुनडाँडाकी २३ वर्षीय पूर्णीमा राई र नुवाकोटको शिवपुरका २८ वर्षीय तेम्बा लामा रहेका छन् । क्यास एप, फायरकिरिनजस्ता एप्लिकेसनबाट उनीहरूले अनलाइन जुवा खेलाउने गरेको प्रहरीले बताएको छ । प्रहरीले उनीहरूको साथबाट जुवा खेलाउन प्रयोग हुने गरेको ल्यापटप पनि बरामद भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...