गृहमन्त्री लामिछानेविरुद्ध नेविसंघको प्रदर्शन



हाम्रो इकोनोमि

 

 

नेपाल विद्यार्थी संघ (नेविसंघ) ले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध सिंहदरबार अगाडि प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछानेमाथि नैतिक प्रश्न हुँदाहुँदै उपप्रधान तथा गृहमन्त्री नियुक्त भएपछि नेपाली कांग्रेस र उसका भ्रातृसंगठनहरुले विरोध जनाउँदै आएका छन् । नेपाली कांग्रेसले संसदमा र नेविसंघले सडकमार्फत् आवाज उठाउँदै आएको छ । यसैक्रममा सोमबार चाबहिलको पशुपति क्याम्पसका नेविसंघ विद्यार्थीहरुले लामिछानेको पुत्ला दहन गरेका थिए । उनीहरु मंगलबार बिहान सिंहदरबारको दक्षिण गेट अगाडि प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका थिए । उनीहरुले अर्थमन्त्री वर्षमान पुनविरुद्ध पनि प्रदर्शन गरे ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...