जीबी राईलाई पक्रेर समस्या समाधान गर्छौं : प्रधानमन्त्री



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सूर्यदर्शन सहकारी संस्थाका पीडितहरुलाई जसरी भए पनि न्याय दिलाउने आश्वासन दिएका छन् । आज कास्कीको पोखरामा सो सहकारीबाट पीडितहरुसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले उक्त आश्वासन दिएका हुन् । सहकारी पीडितका प्रतिनिधिहरुले आइतबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए । उनीहरुले जीबी राईसहितले बचतकर्ताको रकम हिनामिना गरेर फरार भएको भन्दै उनलाई पक्राउ गरी समस्या समाधान गरिदिन आग्रह गरेका थिए । सूर्यदर्शन सहकारी पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले भने, ‘सहकारीको विषयलाई लिएर प्रधानमन्त्रीसँग कुराकानी भयो । सूर्य दर्शन बचत तथा ऋण सहकारीका प्रमुख जीबी राईलाई तुरुन्त पक्राउ गरी ल्याएर हाम्रो बचतकर्ताको समस्या समाधान गरिदिनुपर्यो भनेर प्रधानमन्त्रीज्यूलाई हामीले निवेदन गर्यौं । हुन्छ हामीले अब जीबी राईलाई जसरी भए पनि समातेर ल्याएर पीडितहरुको पीडा समाधान गर्ने प्रयास गर्नेछौं भनेर उहाँले आफ्नो प्रतिबद्धता जाहेर गर्नुभएको छ । पोखरा उद्योग वाणिज्य संघमा दयाशंकर स्मृति पुरस्कार दीपेन्द्र श्रेष्ठ र स्वर्गीय पत्रकार त्रिभुवन पौडेललाई अर्पण गरेर फर्किने क्रममा सहकारी पीडितहरुले प्रधानमन्त्रीलाई भेटेका थिए । उनीहरूले जीवी राईसहितले बचतकर्ताको रकम हिनामिना पारेर फरार रहेको र यसमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने पनि जोडिएको भन्दै गम्भीर छानबिन गर्न समेत माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...