सुप्रिम सहकारीका फरार अधिकांश पक्राउ



 

 

 

रुपन्देहीमा रहेको सुप्रिम सहकारीको करिब डेढ अर्ब रकम हिनामिना भएको उिजुरी दिएका बचतकर्ताहरुलाई यसका पूर्वसचिव रहेका पूर्वराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुनसहितका अधिकांश मुख्य व्यक्तिहरु पक्राउ परेपछि आफ्नो रकम फिर्ता हुने आशा पलाएको छ । यसअघि सहकारीका अध्यक्ष र व्यवस्थापक पक्राउ गरेको प्रहरीले बचतकर्ताले मुख्य दोषी देखाएका पूर्वसचिव पुनसमेत पक्राउ परेपछि बचत रकम छिटो फिर्ता हुने अपेक्षा बढेको जनाएका छन् । काठमाण्डौमा पक्राउ परेका पुनलाई अनुसन्धानको लागि शुक्रबार राती नै भैरहवा हुँदै बुटवलमा ल्याइएको हो । काठमाण्डौंको सुन प्रकरणमा दोषी देखिएपछि पक्राउ परेका उनलाई त्यसअघि सहकारी ठगीको मुद्दामा रुपन्देही प्रहरीले खोजी गरिरहेको थियो ।  पुनलाई बुटवल ल्याइएपछि शनिबार नै विवादपछि सुप्रिम सहकारीबाट दिपेशले राजीनामा दिएर सचिव बनाइएका कुमार रम्तेल र त्यो सहकारीका आइटी अफिसर भविश्वर अर्याललाई शनिबार नै पोखराबाट बुटवलमा ल्याइएको हो । रम्तेल र अर्याल रुपन्देहीको सुप्रिमसहित कास्कीको सूर्यदर्शन सहकारीको समेत रकम ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका थिए । उनीहरुलाई थुनाबाटै सोधपुछका लागि यहाँ ल्याइएको स्रोतले जनाएको छ । रुपन्देही क्षेत्रका करिब १० हजार बचतकर्ताको सबा १ अर्ब रकम हिनामिना प्रकरणमा दिपेश जोडिएका छन् । जीबी राई अध्यक्ष र दीपेश पुन कोषाध्यक्ष रहेको सुप्रिम सहकारीको बचत रकम हिनामिना गरेको उजुरी प्रहरीमा छ । उनी शुक्रबारै राजधानीको टोखाबाट पक्राउ परेका थिए । रुपन्देही प्रहरीले उनीविरुद्ध मुद्दा भएकाले काठमाडौँबाट झिकाइएको र अनुसन्धान थालेको जनाएको । काठमाण्डौ प्रहरीले उनलाई सुन तस्करीमा संलग्न भएको आरोपमा पक्राउ गरेको थियो । सुन तस्करीबारे अनुसन्धान गर्दा सहकारी ठगीमा पनि यसअघि नै वारेन्ट जारी भएकाले यहाँ ल्याइएको हो । यसअघि फागुन ४ गते सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र भैरहवा शाखाका व्यवस्थापकलाई प्रहरीले पक्राउ गरेको छ। बचतकर्ताहरुको उजुरीपछि सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखाका व्यवस्थापक दुर्गा चापागाईं पाण्डेयलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान प्रक्रिया थालेको छ ।

प्रतिक्रिया दिनुहोस
इलाममा यसरी हुँदैछ मतगणनाको तयारी

     इलाम क्षेत्र २ को मतदान सकिएको छ । मतगणना सकिएसँगै मुचुल्का

आफूलाई सर्वेसर्वा ठान्दा ०७४ को अवसर गुमायौं : माधव नेपाल

    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओलीको

रेशम चौधरी र रञ्जिता श्रेष्ठबीचको विवाद मिल्यो

    नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता

इलाम २ मा आज रातीबाटै मतगणना सुरु गर्ने तयारी

    इलाम क्षेत्र २ मा मतदान सकिएपछि आजै मत पेटिका सङ्कलन गर्ने