दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट



हाम्रो इकोनोमि

 

 

लगातार दोस्रो दिन पनि शेयर बजार दोहोरो अंकले घटेसँगै कारोबार रकम पनि घटेको छ । साताको अन्तिम कारोबारका दिन बिहीबार नेप्से परिसूचक २७.८४ अंकले घटेर २०८०.८७ बिन्दुमा अडिएको छ । अघिल्लो दिन बुधबार मात्रै २ अंकले घटेको बजारमा ४ अर्ब २२ करोडको कारोबार भएको थियो ।

बिहीबार बजारमा १ करोड १४ लाख ८३ हजार ६१७ कित्ता शेयरको खरिद बिक्री हुँदा ३ अर्ब ९४ करोड ३५ लाख ९२ हजार रुपैयाँको कारोबार भएको छ । बजार घटेसँगै आज कारोबार रकम पनि घटेको छ । आजको कारोबारमा नेप्से दोहोरो अंकले घटेपनि वेन नेपाल लघुवित्त वित्तीय संस्था र मानुषी लघुवित्त वित्तीय संस्थाको शेयरमा सकारात्मक सकिर्ट लागेको छ । कारोबारका आधारमा अपर तामाकोशी हाइड्रोपावर ५० करोड ८९ लाख ८ हजार रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन

    रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्क विहीन भएका...

गोसाइकुण्ड दर्शन गर्न गएका ३४ यात्रु सम्पर्कविहीन

    गोरखाको पालुङटारबाट तीर्थयात्री बोकेर रसुवाको गोसाइकुण्ड गएको बस सम्पर्कविहीन भएको छ...

बाढीले धादिङ सदरमुकाम जोड्ने फुर्केखोला पुल बगायो

    रसुवा हुँदै आएको बाढीले धादिङ सदरमुकाम जाने फुर्केखोला पुल बगाएको छ।...

रसुवा बाढीमा ४१ सुरक्षाकर्मी सम्पर्कविहीन

  रसुवा बाढीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ४१ सुरक्षाकर्मी सम्पर्कविहीन भएका...