एमाले-माओवादीको एकता हुन्छ : ठाकुर गैह्रे



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका सांसद ठाकुर गैह्रेले परिस्थिति बदलिएसँगै नेपालका कम्युनिष्ट पार्टीहरुबीचको सहकार्यलाई एकताको तहसम्म जाने बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै लोकतन्त्रवादी शक्तिहरूबीच सहकार्यको अगाडि बढाउनुपर्ने बताए । उनले भने- परिस्थिति बदलिएको छ  एमालेको सोच र योजनामा यो सहकार्य देशको समस्या समाधान गर्नको लागि थप शसक्त हुनेछ । राष्ट्रिय स्वाधीनता, सार्वभौमता र राष्ट्रिय अखण्डतालाई सदृढ गर्ने, समाजवाद उन्मुख कार्यक्रमहरूलाई लागू गर्ने र राजनीतिक स्थायित्वका साथ हामी अघि बढ्दैछौं । जनताको निराशालाई अन्त्य गर्दै नेपालका कम्युनिष्ट पार्टीहरुबीचको सहकार्यलाई मजबुद बनाउँदै एकताको तहसम्म विकसित हुने र सबै तहसम्म सशक्त, लोकतन्त्रवादी शक्तिहरूबिच सहकार्यको विकास हुँदै छ । उनले सुशासन विकास, समृद्धि र सामाजिक न्यायमा समान सोच राख्ने देशका महत्त्वपूर्ण जिम्मेवार राजनीतिक दलहरुबीच सहकार्य सुरु भएको उनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस
नुवाकोटमा मात्रै झण्डै १ हजार ५०० परिवार विस्थापित

     भोटेकोशीमा आएको विनाशकारी बाढीले नुवाकोटमा ठूलो भौतिक क्षति पुर्‍याएको छ ।...

बाढीपछि रसुवा भन्सारका १५ कर्मचारी बेपत्ता (नामावली सहित)

  भोटेकोशी बाढीका कारण रसुवा भन्सार कार्यालयका १५ कर्मचारी बेपत्ता भएका छन् ।...

धादिङ एकै ठाउँका २७ तीर्थयात्री बेपत्ता

  रसुवाको गोसाइँकुण्ड तीर्थयात्रामा निस्किएका धादिङका एकै क्षेत्रका २७ जना तीर्थयात्री र बस...

भोटेकोशी बाढीले हालसम्म १६५ को मृत्यु, ८२६ जना सम्पर्कविहीन

    भदौ १० गते तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीसहित त्रिशूली नदीमा आएको...