एमाले-माओवादीको एकता हुन्छ : ठाकुर गैह्रे



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका सांसद ठाकुर गैह्रेले परिस्थिति बदलिएसँगै नेपालका कम्युनिष्ट पार्टीहरुबीचको सहकार्यलाई एकताको तहसम्म जाने बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै लोकतन्त्रवादी शक्तिहरूबीच सहकार्यको अगाडि बढाउनुपर्ने बताए । उनले भने- परिस्थिति बदलिएको छ  एमालेको सोच र योजनामा यो सहकार्य देशको समस्या समाधान गर्नको लागि थप शसक्त हुनेछ । राष्ट्रिय स्वाधीनता, सार्वभौमता र राष्ट्रिय अखण्डतालाई सदृढ गर्ने, समाजवाद उन्मुख कार्यक्रमहरूलाई लागू गर्ने र राजनीतिक स्थायित्वका साथ हामी अघि बढ्दैछौं । जनताको निराशालाई अन्त्य गर्दै नेपालका कम्युनिष्ट पार्टीहरुबीचको सहकार्यलाई मजबुद बनाउँदै एकताको तहसम्म विकसित हुने र सबै तहसम्म सशक्त, लोकतन्त्रवादी शक्तिहरूबिच सहकार्यको विकास हुँदै छ । उनले सुशासन विकास, समृद्धि र सामाजिक न्यायमा समान सोच राख्ने देशका महत्त्वपूर्ण जिम्मेवार राजनीतिक दलहरुबीच सहकार्य सुरु भएको उनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...