जाँचबुझ आयोगले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन



 

.

सुनको अवैध पैठारी तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको छ । सरकारले गत असोज १५ गते पूर्व न्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । समितिले झन्डै ५ महिना लगाएर अध्ययन गरेको थियो । आयोगलाई तस्करी नियन्त्रण गर्न मौजुदा कानुनमा गर्नुपर्ने परिमार्जन, संरचनागत सुधार र पटक पटक सुन तस्करी सम्बन्धमा नेपाल सरकारका विभिन्न निकायबाट भएका छानबिन र अनुसन्धानको अध्ययन गरी तस्करीको प्रकृति, सुनको परिमाण, अपराधको दायरा र सो कार्यमा संलग्न व्यक्तिहरूको सम्बन्धमा थप अनुसन्धान गर्नुपर्ने देखिएमा कारबाहीका लागि सिफारिस गर्ने कार्यादेश तोकिएको थियो । आयोगका अनुसार अध्ययनका क्रममा ७ वटा भन्सार नाकाको स्थलगत निरीक्षण, राज्य व्यवस्था तथा सुशासन समिति र अर्थ समितिका सभापति तथा संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यताप्राप्त दलका प्रमुख सचेतक र सचेतकहरू, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तसहितका पदाधिकारीहरू, विभिन्न ६१ जना विषय विज्ञहरु, विभिन्न ४ वटा संस्थाका १८ जना प्रतिनिधिहरू, नियमनकारी निकायका प्रमुख वा प्रतिनिधिहरू समेतसँग परामर्श र छलफल गरिएको थियो । यस्तै पूर्व प्रतिवेदन, विभिन्न भन्सार कार्यालय, राजस्व न्यायाधिकरण एवं सर्वोच्च अदालतबाट भएका फैसला, विभिन्न मन्त्रालय, विभाग र कार्यालयबाट प्राप्त तथ्यांक एवं सुझाव र अध्ययन सामग्रीहरुको अध्ययन भएको पनि आयोगले उल्लेख गरेको छ । विद्युतीय चुरो र ब्रेक सुमार्फत ल्याइएको सुनसँग जोडिएका व्यक्तिहरूसँग पनि सोधपुछ गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्