एकीकृत समाजवादीसहित ५ दलको ७ बुँदे सहमति



हाम्रो इकोनोमि

 

 

नेकपा एकीकृत समाजवादीलाई समेत समेटेर सत्तारुढ दलहरुबीच अर्को लिखित सहमति भएको छ ।यसअघि गत २१ फागुनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) बीच ८ बुँदे लिखित सहमति भएको थियो । त्यो लिखित सहमतिमा माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी समावेश थिएन । तर मंगलबार एकीकृत समाजवादी समेत थपिएर पाँच दलबीच ७ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ । नयाँ सरकार गठन गर्ने भन्ने बुँदा हटाइएको छ । तर आज भएको लिखित सहमतिमा राष्ट्रियसभाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेद्वारलाई समर्थन गर्ने मात्रै समावेश छ । ८ बुँदे सहमतिपत्रमा राष्ट्रियसभाको उपाध्यक्षमा एमालेका उम्मेदवारलाई समर्थन गर्ने भन्ने समावेश थियो । त्यो विषय पनि नयाँ सहमतिपत्रमा उल्लेख छैन ।

 

हेर्नुहोस् सहमति

प्रतिक्रिया दिनुहोस
नुवाकोटमा मात्रै झण्डै १ हजार ५०० परिवार विस्थापित

     भोटेकोशीमा आएको विनाशकारी बाढीले नुवाकोटमा ठूलो भौतिक क्षति पुर्‍याएको छ ।...

बाढीपछि रसुवा भन्सारका १५ कर्मचारी बेपत्ता (नामावली सहित)

  भोटेकोशी बाढीका कारण रसुवा भन्सार कार्यालयका १५ कर्मचारी बेपत्ता भएका छन् ।...

धादिङ एकै ठाउँका २७ तीर्थयात्री बेपत्ता

  रसुवाको गोसाइँकुण्ड तीर्थयात्रामा निस्किएका धादिङका एकै क्षेत्रका २७ जना तीर्थयात्री र बस...

भोटेकोशी बाढीले हालसम्म १६५ को मृत्यु, ८२६ जना सम्पर्कविहीन

    भदौ १० गते तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीसहित त्रिशूली नदीमा आएको...