विश्वासको मत दिन माधवको शर्त, मलाई एक वर्ष प्रधानमन्त्री चाहिन्छ



हाम्रो इकोनोमि

 

 

 

नेकपा एकीकृत समाजवादीले अघिल्लो कांग्रेससहितको गठबन्धनमा भएको समझदारीअनुसार माधव नेपालले कम्तीमा एक वर्ष प्रधानमन्त्री बन्ने लिखित प्रतिबद्धता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग मागेको छ । विश्वासको मत दिनुअघि नेकपा एसले माधव नेपालको प्रधानमन्त्री र संघदेखि प्रदेश सरकारसम्म पावर शेयरिङमा लिखित प्रतिवद्धता मागेको हो । यसमा नेकपा एसले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको समेत प्रतिवद्धता खोजेको छ । नेकपा एसका कार्यालय सचिवसमेत रहेका नेता जीवनराम श्रेष्ठले प्रधानमन्त्रीदेखि मुख्यमन्त्रीसम्म ‘पावर शेयरिङ’ हुनुपर्ने विषय पार्टीले अघि सारेको बताए । सचिवालयको म्याण्डेटअनुसार संसदीय दलको बैठकले विश्वासको मतअघि सो प्रतिवद्धता मागेको उनले बताए । श्रेष्ठले भने, ‘लिखित प्रतिवद्धता हामीले मागेको हो । एउटा त हाम्रो पार्टीले सुशासन, आर्थिक विकास, राष्ट्रियतालगायतका विषयमा ५ बुँदे शर्त राखेको छ त्यसमा लिखित प्रतिवद्धता मागेका हौं । अर्को कुरा नलुकाई भन्दा प्रधानमन्त्रीदेखि संघ र प्रदेशका सबै संरचनामा पावर शेयरिङ गर्ने लिखित प्रतिबद्धता चाहिन्छ । अहिले नेकपा एमालेको नेतृत्वमा बनेको नयाँ गठबन्धनमा नेकपा एसले पावर शेयरिङ खोज्ने कुरा स्वाभाविक भएको भन्दै श्रेष्ठले ओलीमा विगतका कमजोरीप्रति परिवर्तन आएको हो भने बिस्तारै नेकपा पुनःस्थापनातर्फ पनि कोर्ष जान सक्ने बताए । तर, अहिले पार्टी एकताको विषय आफूहरूले नउठाएको उनको भनाइ छ । नेकपा एसले कम्तीमा एउटा प्रदेशको मुख्यमन्त्री र सबै प्रदेश सरकारमा सम्मानजनक सहभागिताको सुनिश्चिता समेत खोजेको छ । कांग्रेसले २ वर्ष प्रधानमन्त्री र आउने चुनावमा कम्तीमा २५ सीट जिताउने ग्यारेन्टी गर्दा पनि वामपन्थी सहकार्यको लागि आफूहरूले त्याग गरेकाले ओली र प्रचण्डबाट लिखित प्रतिबद्धता मागेको नेताहरू बताउँछन् । मौखिकरूपमा माधव नेपालसँग पावर शेयरिङको प्रतिवद्धता जनाए पनि त्यो लिखित हुनुपर्ने श्रेष्ठले बताए । सरकारमा सहभागी भइसकेको नेकपा एसले विश्वासको मत दिन शर्त अघि सारेपछि सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीसँग माधव नेपालको छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपाबाट जनताको भरोसा पूरा हुँदैन : कुलमान

     उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रास्वपाबाट जनताको आशा र भरोसा...

विश्वकपको प्रत्येक क्षणलाई अविस्मरणीय बनाउने टीसीएलको योजना

    विश्व फुटबलको सबैभन्दा ठूलो उत्सव नजिकिँदै गर्दा, विश्वकै अग्रणी उपभोक्ता इलेक्ट्रोनिक्स...

बजारमा पर्याप्त मात्रामा आउन थाल्यो नेपाली आँप

    काठमाडौं कुलेश्वरस्थित फलफूल बजारमा तराईका विभिन्न क्षेत्र, विशेषगरी लहान लगायतका क्षेत्रमा...

मोटरसाइकल दुर्घटनामा परे हर्क साम्पाङ

    श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ मोटरसाइकलबाट लडेका छन् । उदयपुरको...