नेताको चाकडी गरेको सुन्न नपरोस् : गृहमन्त्री लामिछाने



हाम्रो इकोनोमि

 

 

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ‘आफ्नो शक्ति राजनीतिक नेतृत्वलाई नसुम्पिन’ प्रहरी उच्च अधिकृतहरुलाई निर्देशन दिएका छन् । अपराध अनुसन्धानमा कोही प्रतिवादी हुने र नहुने भन्ने विषय आदेशले निर्धारण नगर्ने बताउँदै उनले भने, ‘कानूनको नजरमा अनुहार, पद, प्रतिष्ठा, पहुँच होइन, प्रमाणको आधारमा निष्पक्ष भएर अनुसन्धान र कारबाही गर्नुस् ।’ त्यसबाट उब्जिने हरेक चुनौतीको सामना आफूले डटेर गर्ने लामिछानेले बताए । प्रहरी प्रधान कार्यालय, नक्सालमा आइतबार बिहान निरीक्षण गर्दै लामिछानेले प्रहरी अधिकृतहरुलाई निर्धक्क भएर आफ्नो अधिकारको सदुपयोग गर्न निर्देशन दिए । नीति र विधिभित्र रहेर काम गर्नुस्, कुन व्यक्ति, कुन स्थानका लागि योग्य छ, सोही स्थानमा राख्नुस्’, उनले भने, ‘मबाट तपाईंहरुको काममा हस्तक्षेप हुने छैन । तर, मैले केही नगर्ने अन्यले चाहिँ संगठन चलाउने अवस्था आयो भने बाध्य भएर हस्तक्षेप गर्नुपर्ने हुन्छ । प्रहरीले हरेक नागरिकले सुरक्षित महसुस हुने गरी सेवा दिनुपर्ने बताउँदै लामिछानेले अनुसन्धान निष्पक्ष र वस्तुनिष्ठ हुनुपर्ने बताए । उनले भने, ‘आरोपित, अभियुक्त र अपराधी को र कुन पार्टीको हो भनेर अनुहार गर्ने अवस्थाको अन्त्य हुनैपर्छ ।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...