राप्रपाको कार्यसम्पादन समितिको बैठकमा कुटाकुट



 

 

 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनको कार्यकक्ष बाहिर पार्टीको कार्यसम्पादन समितिका ठाकुरमोहन श्रेष्ठ कुटिएका छन् । महामन्त्री विक्रम पाण्डेका समर्थकहरूले उनीमाथि हातपात गरेका हुन् । आईतबार पार्टीको कार्यसम्पादन समितिको पार्टीको केन्द्रीय कार्यालयमा बसेको थियो । उक्त बैठकमा पार्टी अनुशासनका विषयमा छलफल चलिरहँदा श्रेष्ठले आफ्नो भनाइ राखेका थिए । उनले बोल्ने क्रममा भ्रष्टाचारको प्रसंग उठाए र महामन्त्री पाण्डेलाई सिधै ‘भ्रष्टाचारी’ भनिदिए । त्यसपछि बैठक तनावपूर्ण बनेको थियो । आफूलाई भ्रष्टाचारी संज्ञा दिएपछि पाण्डे उत्तेजित भयो । आरोप प्रत्यारोप चल्यो । अध्यक्ष लगायतका सिनियर नेताले थुमथुम्याउने प्रयास गरे । तर, पाण्डेले श्रेष्ठले भनाइ फिर्ता नलिए आफू बैठक बहिष्कार गर्ने भनेर उठे ।

पाण्डे उठेपछि अध्यक्षले सम्झाएर यो अभिव्यक्तिलाई गम्भीर रूपमा लिइने र आवश्यक देखिए कारबाही पनि गर्ने आश्वासन दिए । त्यसपछि पाण्डे थामिए र बैठक सुचारु भयो । यो घटनापछि नेताहरूले दुख व्यक्त गरे । पार्टीको जिम्मेवार नेतालाई ‘भ्रष्टाचारी’ भन्नु ठिक नभएको राय धेरैको थियो ।
एक छिनपछि पाण्डे बैठकबाट उठेर सरासर बाहिर गए । केही मिनेटमा फेरि फर्किए । अध्यक्ष लिङदेनले खाना खानका लागि बैठक स्थगित गरे । सबै नेताहरू बाहिरिन थाले । भिडिओमा रवीन्द्र मिश्र, विक्रम पाण्डे, ज्ञानेन्द्र शाही, रोशन कार्की लगायतका नेताहरू बाहिरिएको देखिन्छ । अनि एक छिन चकमन्न हुन्छ । त्यसपछि एकाएक अर्को साइडबाट ठाकुरमोहन भाग्दै आउँछन् । उनलाई केही व्यक्तिहरूले लखेटिरहेका हुन्छन् । लिङदेनको कार्यकक्ष छिर्ने ढोकाको ठिक अगाडि ठाकुरमोहनलाई समातेर भकाभक मुक्का प्रहार हुन्छ । उनी बल्लतल्ल फुत्केर लिङदेनको कार्यकक्षभित्र छिर्छन् । भित्रबाट दीपक सिंह, बुद्धिमान तामाङ लगायतका नेताहरू बाहिर निस्केर उत्तेजित भिडलाई रोक्छन् । कार्यसम्पादन समितिका एक सदस्यका अनुसार ठाकुरमोहनको शरीरमा चोटपटक लागेको छ । ठाकुरमोहन पूर्व एआइजी हुन् । उनी आफ्नो नेतृत्वको पार्टी राप्रपामा विलय गराएपछि केन्द्रीय कार्यसम्पादन समिति सदस्य बनेका थिए ।

प्रतिक्रिया दिनुहोस
आफूलाई सर्वेसर्वा ठान्दा ०७४ को अवसर गुमायौं : माधव नेपाल

    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओलीको

रेशम चौधरी र रञ्जिता श्रेष्ठबीचको विवाद मिल्यो

    नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता

इलाम २ मा आज रातीबाटै मतगणना सुरु गर्ने तयारी

    इलाम क्षेत्र २ मा मतदान सकिएपछि आजै मत पेटिका सङ्कलन गर्ने

इलाम २ मा ५७ प्रतिशत मत खस्यो

    इलाम क्षेत्र २ मा अहिलेसम्म ५७ प्रतिशत मत खसेको छ ।