राप्रपाको कार्यसम्पादन समितिको बैठकमा कुटाकुट



हाम्रो इकोनोमि

 

 

 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनको कार्यकक्ष बाहिर पार्टीको कार्यसम्पादन समितिका ठाकुरमोहन श्रेष्ठ कुटिएका छन् । महामन्त्री विक्रम पाण्डेका समर्थकहरूले उनीमाथि हातपात गरेका हुन् । आईतबार पार्टीको कार्यसम्पादन समितिको पार्टीको केन्द्रीय कार्यालयमा बसेको थियो । उक्त बैठकमा पार्टी अनुशासनका विषयमा छलफल चलिरहँदा श्रेष्ठले आफ्नो भनाइ राखेका थिए । उनले बोल्ने क्रममा भ्रष्टाचारको प्रसंग उठाए र महामन्त्री पाण्डेलाई सिधै ‘भ्रष्टाचारी’ भनिदिए । त्यसपछि बैठक तनावपूर्ण बनेको थियो । आफूलाई भ्रष्टाचारी संज्ञा दिएपछि पाण्डे उत्तेजित भयो । आरोप प्रत्यारोप चल्यो । अध्यक्ष लगायतका सिनियर नेताले थुमथुम्याउने प्रयास गरे । तर, पाण्डेले श्रेष्ठले भनाइ फिर्ता नलिए आफू बैठक बहिष्कार गर्ने भनेर उठे ।

पाण्डे उठेपछि अध्यक्षले सम्झाएर यो अभिव्यक्तिलाई गम्भीर रूपमा लिइने र आवश्यक देखिए कारबाही पनि गर्ने आश्वासन दिए । त्यसपछि पाण्डे थामिए र बैठक सुचारु भयो । यो घटनापछि नेताहरूले दुख व्यक्त गरे । पार्टीको जिम्मेवार नेतालाई ‘भ्रष्टाचारी’ भन्नु ठिक नभएको राय धेरैको थियो ।
एक छिनपछि पाण्डे बैठकबाट उठेर सरासर बाहिर गए । केही मिनेटमा फेरि फर्किए । अध्यक्ष लिङदेनले खाना खानका लागि बैठक स्थगित गरे । सबै नेताहरू बाहिरिन थाले । भिडिओमा रवीन्द्र मिश्र, विक्रम पाण्डे, ज्ञानेन्द्र शाही, रोशन कार्की लगायतका नेताहरू बाहिरिएको देखिन्छ । अनि एक छिन चकमन्न हुन्छ । त्यसपछि एकाएक अर्को साइडबाट ठाकुरमोहन भाग्दै आउँछन् । उनलाई केही व्यक्तिहरूले लखेटिरहेका हुन्छन् । लिङदेनको कार्यकक्ष छिर्ने ढोकाको ठिक अगाडि ठाकुरमोहनलाई समातेर भकाभक मुक्का प्रहार हुन्छ । उनी बल्लतल्ल फुत्केर लिङदेनको कार्यकक्षभित्र छिर्छन् । भित्रबाट दीपक सिंह, बुद्धिमान तामाङ लगायतका नेताहरू बाहिर निस्केर उत्तेजित भिडलाई रोक्छन् । कार्यसम्पादन समितिका एक सदस्यका अनुसार ठाकुरमोहनको शरीरमा चोटपटक लागेको छ । ठाकुरमोहन पूर्व एआइजी हुन् । उनी आफ्नो नेतृत्वको पार्टी राप्रपामा विलय गराएपछि केन्द्रीय कार्यसम्पादन समिति सदस्य बनेका थिए ।

प्रतिक्रिया दिनुहोस
रास्वपाबाट जनताको भरोसा पूरा हुँदैन : कुलमान

     उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रास्वपाबाट जनताको आशा र भरोसा...

विश्वकपको प्रत्येक क्षणलाई अविस्मरणीय बनाउने टीसीएलको योजना

    विश्व फुटबलको सबैभन्दा ठूलो उत्सव नजिकिँदै गर्दा, विश्वकै अग्रणी उपभोक्ता इलेक्ट्रोनिक्स...

बजारमा पर्याप्त मात्रामा आउन थाल्यो नेपाली आँप

    काठमाडौं कुलेश्वरस्थित फलफूल बजारमा तराईका विभिन्न क्षेत्र, विशेषगरी लहान लगायतका क्षेत्रमा...

मोटरसाइकल दुर्घटनामा परे हर्क साम्पाङ

    श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ मोटरसाइकलबाट लडेका छन् । उदयपुरको...