सत्ता गठबन्धनले बनायो दश सदस्यीय संयन्त्र



हाम्रो इकोनोमि

 

 

 सरकारका प्राथमिकता तय गर्न सत्ता गठबन्धनले दश सदस्यीय राजनीतिक संयन्त्र गठन गरेको छ । सत्तामा सहभागी पाँच दलबाट २-२ हुने गरी संयन्त्र बनाइएको छ । नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र विष्णु रिमाल, माओेवादी केन्द्रबाट वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले र मुकुल ढकाल, जनता समाजवादीबाट मनिष सुमन र राजेन्द्र श्रेष्ठ, एकीकृत समाजवादीबाट घनश्याम भूसाल र प्रमेश हमाल सम्मिलित राजनीतिक संयन्त्र गठन गरिएको छ ।कार्यदलको पहिलो बैठक सिंहदरबारस्थित अर्थमन्त्रालयमा बसेको छ । सबै दलबाट आएका धारणा समेटेर सरकारका प्राथमिकता तय गर्न मस्यौदा बनाउने जिम्मेवारी एमाले नेता विष्णु रिमाललाई दिइएको रास्वपा महामन्त्री ढकालले जानकारी दिए । पाँच वटै पार्टीबाट आएका धारणा समेटेर मस्यौदा तयार गर्न रिमाललाई जिम्मेवारी दिइएको ढकालले बताए । ‘लिखित रुपमा सबै पार्टीले उहाँ (विष्णु रिमाल)लाई पार्टीगत धारणा दिन्छौं । उहाँले मस्यौदा पर्सीको बैठकमा पेश गरेपछि अन्तिम रुप दिन्छौं,’ ढकालले भने । सरकारका कार्यलाई प्रभावकारी बनाउनु प्राथमिकता विषयहरु समेटेर कार्यदलले प्रतिवेदन तयार गर्ने ढकालले जानकारी दिए । अघिल्लो पुस १० मा बनेको सरकारले तयार गरेको न्युनतम साझा कार्यक्रमहरु र हालको समय अनुसार परिमार्जित प्रतिवेदन तयार हुने संयन्त्रले जनाएको छ । बैठक मंगलबार पुन बस्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...