सत्ता गठबन्धनले बनायो दश सदस्यीय संयन्त्र



हाम्रो इकोनोमि

 

 

 सरकारका प्राथमिकता तय गर्न सत्ता गठबन्धनले दश सदस्यीय राजनीतिक संयन्त्र गठन गरेको छ । सत्तामा सहभागी पाँच दलबाट २-२ हुने गरी संयन्त्र बनाइएको छ । नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र विष्णु रिमाल, माओेवादी केन्द्रबाट वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले र मुकुल ढकाल, जनता समाजवादीबाट मनिष सुमन र राजेन्द्र श्रेष्ठ, एकीकृत समाजवादीबाट घनश्याम भूसाल र प्रमेश हमाल सम्मिलित राजनीतिक संयन्त्र गठन गरिएको छ ।कार्यदलको पहिलो बैठक सिंहदरबारस्थित अर्थमन्त्रालयमा बसेको छ । सबै दलबाट आएका धारणा समेटेर सरकारका प्राथमिकता तय गर्न मस्यौदा बनाउने जिम्मेवारी एमाले नेता विष्णु रिमाललाई दिइएको रास्वपा महामन्त्री ढकालले जानकारी दिए । पाँच वटै पार्टीबाट आएका धारणा समेटेर मस्यौदा तयार गर्न रिमाललाई जिम्मेवारी दिइएको ढकालले बताए । ‘लिखित रुपमा सबै पार्टीले उहाँ (विष्णु रिमाल)लाई पार्टीगत धारणा दिन्छौं । उहाँले मस्यौदा पर्सीको बैठकमा पेश गरेपछि अन्तिम रुप दिन्छौं,’ ढकालले भने । सरकारका कार्यलाई प्रभावकारी बनाउनु प्राथमिकता विषयहरु समेटेर कार्यदलले प्रतिवेदन तयार गर्ने ढकालले जानकारी दिए । अघिल्लो पुस १० मा बनेको सरकारले तयार गरेको न्युनतम साझा कार्यक्रमहरु र हालको समय अनुसार परिमार्जित प्रतिवेदन तयार हुने संयन्त्रले जनाएको छ । बैठक मंगलबार पुन बस्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस
नुवाकोटमा मात्रै झण्डै १ हजार ५०० परिवार विस्थापित

     भोटेकोशीमा आएको विनाशकारी बाढीले नुवाकोटमा ठूलो भौतिक क्षति पुर्‍याएको छ ।...

बाढीपछि रसुवा भन्सारका १५ कर्मचारी बेपत्ता (नामावली सहित)

  भोटेकोशी बाढीका कारण रसुवा भन्सार कार्यालयका १५ कर्मचारी बेपत्ता भएका छन् ।...

धादिङ एकै ठाउँका २७ तीर्थयात्री बेपत्ता

  रसुवाको गोसाइँकुण्ड तीर्थयात्रामा निस्किएका धादिङका एकै क्षेत्रका २७ जना तीर्थयात्री र बस...

भोटेकोशी बाढीले हालसम्म १६५ को मृत्यु, ८२६ जना सम्पर्कविहीन

    भदौ १० गते तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीसहित त्रिशूली नदीमा आएको...