गठबन्धन होइन सहयात्रा भन्न थालौं : प्रचण्ड



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले पछिल्लो गठबन्धनलाई ुगठबन्धनु नभनेर ुसहयात्राु भन्नुपर्ने बताएका छन् । माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रम र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भएको छलफल र भेटघाटबारे ब्रिफिङ गरेका थिए । सो क्रममा प्रधानमन्त्री प्रचण्डले आफू र एमाले अध्यक्ष ओलीबीच पनि गठबन्धनुको सट्टा सहयात्रा भन्नुपर्ने विषयमा कुराकानी भएको बताएका थिए । गठबन्धन भन्ने भाष्य अलि राम्रो भएन । खाली सत्ता बनाउन र भत्काउन मात्रै प्रयोग भएझै देखियो, प्रधानमन्त्री प्रचण्डले भने,‘सहयात्रा भन्दा यसलाई दीर्घकालीन रूपमा लैजानेगरी सोच्न सकिने भइयो । यो सहयात्रालाई पहिले बाम ध्रुविकरण र आउँदो चुनावसम्म पार्टी एकताको चरणसम्म लैजान सकिन्छ कि भन्ने हिसाबले कुरा अघि बढेको छ । प्रधानमन्त्री प्रचण्डले एक वर्षमा तीनपटक गठबन्धन बदलेको भन्दै आलोचना भइरहेको सन्दर्भमा उनले यस्तो प्रस्ताव अघि सारेका हुन् । ०७९ को निर्वाचनमा कांग्रेसहितको गठबन्धन गरेका प्रचण्डले गत वर्ष पुसमा सरकार बनाउँदा एमालेसहितका नेताहरूको साथ लिएका थिए । दुई महिनापछि फेरि पुरानै गठबन्धनको सरकारमा फर्किएका प्रचण्डले अहिले फेरि एमालेसहितका दलहरूको समर्थनमा सरकारको नेतृत्व गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...